अल्पाइन ट्रेनिङ क्याम्पका सहभागी हुने टोलीको बिदाइ

पोखरा स्पोर्टस । अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने नेपाली टिमलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष रतनकुमार टण्डनले मंगलबार बिदाई गरिएको हो ।

फिस डेभलेपमेन्ट प्रोगामअन्तर्गत हुने अल्पाइन ट्रेनिङ क्याम्प चीनको जिलिन प्रान्तको बइदाहु स्कि रिसोर्टमा फेब्रुअरी २८ देखि मार्च ८ सम्म आयोजना हुँदैछ ।

नेपाली टिमको व्यवस्थापकमा स्वराज श्रेष्ठ र प्रशिक्षकमा सफल श्रेष्ठ रहेका छन् । यस्तै टिमका सदस्यमा दिनेशकुमार बोहरा, देबोरा तिमिल्सिना, लक्ष्मी राई र उज्ज्वल गिरी रहेका छन् ।

ट्रेनिङ क्याम्पपछि नेपाली टिमले बइदाहु स्कि रिसोर्टमा हुने ३२ औं अल्पाइन स्कि च्याम्पिनसिपमा पनि सहभागी हुनेछ । कार्यक्रममा नेपाल स्कि संघका अन्य पदाधिकारीको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close