चौथो खेप दुबो पोखरामा आयो, भारत बाट ६३ लाखको दुबो, (महानगर प्रमुख जिशीको भनाई सहित भिडियो)

पोखरा, तस्बिरः सुदर्शन रंजित
नेपालमा आयोजना हुने १३ औं दाक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा निर्माणाधिन पोखरा फुटबल मैदानको लागि ६३ लाख रुपैंया बराबरको दुवो भारतको कलकत्ता बाट आयात भएको छ ।

साग लक्षित मैदानका लागि शुक्रबार ३० हजार स्क्वायर फुट दुवो आइपुगेको हो । यो सहित करिब ८२ हजार स्क्वायर फुट दुबो मैदानमा रोपिएको निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिएका छन । अव रंगशालामा लाग्ने आवश्यक दुवोको नाप जाँच गरेर केही दिन भित्र आयात हुने उनले जानकारी दिएका छन ।

मैदानमा ८५ हजार स्क्वायर फुट दुबो आवश्य रहे पनि भारत बाट आयात गर्दा विग्रेको दुबो समेतलाई सट्टा भर्ना गर्ने दुवो निर्यात गर्ने कम्पनीलेनै प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘हामीले करिब करिब मैदान भित्रको दुबो रोप्ने काम सकेका छौं’ उनले भने–‘जुन काम निकै महत्वको र चुनौतीपूर्ण थियो ।’ मैदान भित्र रोपिएको दुबोको लागि भारत बाटनै निर्यात गर्ने कम्पनीका दुई जना प्राविधिकहरु खटिएका छन । उनीहरुले समेत १५ दिन भित्र मैदान तयार भइसक्ने जानकारी दिए ।

निर्माण कम्पनीले अब केही दिनमा ट्रयाक एण्ड फिल्डको काम सुरू गर्ने बरालले जानकारी दिएका छन । ट्रयाक एण्ड फिल्डको सबै काम सक्न तिन देखि चार दिन लाग्ने उनले बताए । यहि कार्तिक ११ गते भारतको विशाखापट्नम वन्दरगाहमा ग्राण्ड स्टाण्डका सामाग्री आइपुग्ने उनले जानकारी दिए । हाल पोखरा रंगशालामा ८–१० हजार सिट क्षमताका ए, बि र सि गरि तिन वटा ग्यालेरी अबको तिन सातामा तयार भइसक्ने र सो को लागि १२ वटा शौचालयहरुको काम समेत सकिने उनले जानकारी दिए ।

पोखरा महानगर पालिकाका प्रमुख एवम १३ औं साग पोखरा सहजिकरण समितीका सदस्य मानबहादुर जिशी शुक्रबार दुवो पोखरा रंगशालामा रोप्न पुगेका थिए । उनले भारत बाट आयातित दुबोको निरिक्षण समेत गरेका थिए । उनले आफ्नो प्रतिक्रिया दिंदै १३ औं सागका लागि जति सक्दो छिटो काम सक्नुपर्ने थियो त्यो नभएकोमा चिन्ता व्यक्त गर्दै भने–‘काम सक्न निर्माण कम्पनीले निकै उत्साह देखाएको छ तर जति छिटो काम सम्पन्न हुनु पथ्र्यो त्यो हुन नसकेकोमा मेरो चिन्ता हो ।’

पोखरा महानगर प्रमुख जिशीले के भनेः भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close