गण्डकीको टेनिस टोली बुटवल प्रस्थान

पोखरा स्पोर्टस । गण्डकीको टेनिस टोली एक प्रतियोगितामा सहभागिता जनाउन सोमबार बुटवल प्रस्थान गरेको छ ।

यहि १५ देखि १९ गते सम्म सञ्चालन हुने ‘दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगिता’मा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेका हुन् । बुटवल प्रसथन गरेको टोलीलाई गण्डकी प्रदेश टेनिस संघका सचिब तथा कास्की जिल्ला टेनिस संघका उपाध्क्ष नविन चालिसेले बिदाई गरेका थिए ।

गण्डकी प्रदेशबाट खुला र भेट्रानतर्फ गरी २५ जना खेलाडी प्रतियोगिता सहभागि हुने सचिब चालिसेले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“हामीले बुटवलमा आयोजना भइरहेको उक्त प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहेका छौं । यसले खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउन भूमिका खेल्ने छ ।”

प्रतियोगितामा गण्डकी टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, सचिव नविन श्रेष्ठलगायत भेट्रान खेलाडीहरुको सहभागिता रहनेछ ।

सै गरी प्रतियोगितामा नेपाल नं १ खेलाडी प्रदिप खड्काले समेत्को सहभागिता रहने सचिब चालिसेले पोखरा स्पोर्टसलाई जानकारी दिए । खुलातर्फ गत वर्ष समेत बिजेता रहेका प्रदिपले आफ्नो उपाधि रक्षाका लागि पुनः मैदानमा उत्रिने सचिव चालिसे जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close