राजधानीमा पूर्व खेलाडीहरु सम्मानित

पोखरा स्पोर्टस । देशका लागि रगत पसिना बगाएका र आफ्नो समयका चर्चित खेलाडीहरु आईतबार राजधानीमा सम्मानित भएका छन् ।

भेट्रान खेलाडीहरुको छाता संगठन नेपाल मास्टर्स एथलिट एशोसियसनले आफ्नो समयमा खेलकुद विकासमा बिशिष्ट योगदान पु¥याएका र राष्ट्रका लागि रगत पसिना बगाएका पूर्व खेल ब्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

आज बागबजारस्थित आराधना कम्प्लेक्समा भएको कार्यक्रममा पूर्व खेलाडी एवं सम्मानित ब्यक्तित्वहरुमा टेबल टेनिसका खेलाडी कवि केशरी बस्नेत र वाई.पी. लोहनी, फुटवलका डा. खगेन्द्र बहादुर श्रेष्ठ, श्याम के.सी., खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र बिश्व प्रकाश थापा, महिला एथलेटिक्स खेलाडी, जसले समाजको परिवर्तनको संवाहकको रुपमा समेत आफुलाई स्थापित गर्न सफल, डा. कोकिला बैद्य र बक्सिङ्गका नरबहादुर थापालाई सम्मान गरको हो ।

सम्मानित हुने पूर्व खेलाडीहरुलाई प्रमुख अतिथी सनातन हिन्दु धर्मका ब्याख्याता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति आदरणीय जगमान गुरुङ्गले दोसल्ला ओढाई कदर पत्रले सम्मान गरको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङ्गले हनुमान र भिमसेनको कथाको उदाहरण प्रस्तुत गर्दै युवामा जोस र जाँगर मात्र हुने तर शक्तिको बारेमा जानकारी नहुने भन्दै पूर्व खेलाडीहरुले आफुलाई हनुमानको जस्तै शक्तिशाली रुपमा प्रस्तुत हुनुपर्ने र खेलकुदको परिवर्तनमा आफ्नो शक्तिलाई परिवर्तन गर्नु पर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल मास्टर्स एथलिट एशोसियसनका अध्यक्ष जि.एन.दाई शर्माले पूर्व खेलाडीहरुको संझना गर्नु पर्ने र त्यस्ता खेलाडीहरुबाट खेलकुदको विकासको बाटो कोर्नुपर्ने बताए ।

एथलिट संघका पूर्व उपाध्यक्ष द्वय स्व. भुवनदेव पन्त (बबी दाई) र स्व. यज्ञलाल श्रेष्ठको निधनमा १ मिनट मौन धारण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, पूर्व चर्चित खेलाडी एवं पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल, पूर्व ओलम्पियन बक्सिङ्ग खेलाडी एवं पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक रवी राज थापा, नेपाली महिला फुटबली पहिलो कप्तान एवं संचारकर्मी रमा सिंहले खेलकुदका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रमलार्य सफल पार्न सहयोग पुर्‍याएका नवराज घिमिरे र विजयदेव पन्तलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close