गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा कास्कीलाई उपाधि

पोखरा स्पोर्टस । नवलपुरमा सम्पन्न १४ औं सस्करणको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले रक्षा गरेको छ । सम्पन्न प्रतियोगितामा कास्कीले समग्रमा १८ स्वर्ण, ११ रजत र २३ काश्य पदक हात पारी उपाधि रक्षा गरेको हो । कास्की यस अघि १२ औं संस्करणको समेत् उपाधि बिजेता थियो ।

त्यसै गरी सम्पन्न प्रतियोगितामा बाग्लुङ १६ स्वर्ण, ६ रजत र १४ काश्य पदकका साथ तेश्रो स्थान हात पार्दा म्याग्दी ९ स्वर्ण, ११ रजत र १० काश्य पदकका साथ तेश्रो स्थान हात पारेको छ । कास्कीले उपाधि जिते संगै शिल्डसहित नगद ३० हजार हात पार्दा दोश्रो भएको बाग्लुङले नगद २० हजार र तेश्रो स्थान प्राप्त गरेको म्याग्दीले नगद १० हजार प्राप्त गरेको छ ।

एथलेटिक्समा कास्कीको उत्कृष्ट प्रदर्शन
नवलपुरमा सम्पन्न १४ औं सस्करणको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्समा कास्की उत्कृष्ट भएको छ ।

नवलपुरमा सम्पन्न प्रतियोगिता अन्तर्गत एथलेटिक्समा समग्रमा ९ स्वर्ण, ३ रजत र ९ काश्य पदक हात पारेको छ । त्यस्तै तनहुँ दोश्रो भएको छ । तनहुँले ५ स्वर्ण, ७ रजत र ४ काश्य पदक जित्दा नवलपुर ३ स्वर्ण, ६ रजत र ४ काश्य पदकका साथ समग्रमा तेश्रो स्थान हात पारेको एथलेटिक्स प्राविधिक संयोजक इन्द्रा मल्लले पोखरा स्पोर्टसलाई जानकारी दिइन् ।

एथलेटिक्स २०० मिटर छात्रतर्फ तनहुँका सुदिप भण्डारी, नवलपुरका प्रकाश महतो र तनहुँका भिम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने छात्रातर्फ कास्कीका एन्जल अधिकारी पहिलो, गोरखाकी अन्जना गुरुङ दोश्रो र कास्कीकी अनुस्का अधिकारी तेश्रो भइन् ।

३००० मिटर दौड छात्रतर्फ कास्कीका तेन्जेन रोका मगर पहिलो हुँदा पर्वतका सदिप नेपाली दोश्रो र गोरखाका सविन सापकोटा तेश्रो भए भने छात्रातर्फ बाग्लुङकी शर्मिला विक पहिलो, तनहुँकी नर्मदा गुरुङ दोश्रो र कास्कीकी नारायणी भण्डारी तेश्रो भइन् ।

रिले ४x१०० छात्रतर्फ कास्की, तनहुँ र नवलपुर तथा छात्रातर्फ कास्की, नवलपुर र तनहुँ क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । रिले ४x४०० मिटर रिले छात्रतर्फ कास्की, नवलपुर र बाग्लुङ तथा छात्रातर्फ कास्की, नवलपुर र तनहुँ क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

ट्रिपल जम्प छात्रतर्फ नवलपुरका सन्दिप घर्ती, गोरखाका अनुप श्रेष्ठ र बाग्लुङका आशिष नेपाली, तथा छात्रातर्फ कास्कीकी शविना खातुन मियाँ, लमजुङकी अमृता परियार र नवलपुरकी सलिना कुमाल क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।

त्यस्तै ज्याभलिन थ्रो छात्रतर्फ लमजुङका रोनित तामाङ पहिलो, तनहुँका अभिषेक थापा दोश्रो र बाग्लुङका कृष्ण सार्की तेश्रो हुँदा छात्रातर्फ नवलपुरकी कमला राना पहिलो, लम्जुङकी सरिता श्रेष्ठ दोश्रो र गोर्खाकी रन्जिता विक तेश्रो भइन् ।

करातेमा बागलुङको अग्रता
नवलपुरमा सम्पन्न १४ औं सस्करणको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत करातेमा बाग्लुङले अग्रता बनाएको छ । बाग्लुङले समग्रमा ५ स्वर्ण, १ रजत र १ काश्य पदकका साथ पहिलो भयो भने लम्जुङ ४ स्वर्ण, १ रजत र २ काश्यका साथ दोश्रो तथा गोरखा १ स्वर्ण, ४ रजत र ३ स्वर्णका साथ तेश्रो भएको छ ।

तेक्वान्दोमा नवलपुर पहिलो
सम्पन्न प्रतियोगितामा तेक्वान्दोमा नवलपुर समग्रमा ५ स्वर्ण सहित पहिलो भएको छ भने कास्की ४ स्वर्णसहित दोश्रो र पर्वत २ स्वर्णसहित तेश्रो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close