गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : कबड्डीतर्फ कास्की र म्याग्दीलाई उपाधि

पोखरा स्पोर्टस । नवलपुरमा सम्पन्न १४ औं सस्करणको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा छात्रतर्फ कास्की र छात्रातर्फ म्याग्दीले उपाधि जितेका छन् ।

नवलपुरमा सम्पन्न प्रतियोगिता अन्तर्गत कबड्डी छात्रतर्फ रोमाञ्चक फाइनल खेलमा कास्कीले नवलपुरलाई र छात्रातर्फ म्याग्दीले तनहुँलाई पराजित गरेका हुन् ।

छात्रतर्फ भएको फाइनलमा कास्कीले नवलपुरलाई ३१–२५ ले पराजित गर्दा छात्रातर्फ म्याग्दीले तनहुँलाई ३३–२४ को अंकले पराजित गरेको छ ।

यस अघि भएको सेमीफाइनलमा छात्रतर्फ कास्कीले म्याग्दीलाई २३–२२ ले पराजित गरी फाइनल प्रवेश गरेको हो भने अर्को खेलमा नवलपुरले बाग्लुङलाई ३१–३० ले पराजित गरेको थियो ।

त्यस्तै छात्रातर्फ तनहुँले बाग्लुङलाई ३६–२६ ले र म्याग्दीले पर्वतलाई ४९–२५ ले पराजित गरी फाइनलमा स्थान पक्का गरेको प्राविधिक संयोजक हरि जिशीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

सेमीफाइनलमा पराजित छात्रतर्फ म्याग्दी र बाग्लुङ तथा छात्रातर्फ पर्वत र बाग्लुङले तेश्रो स्थान हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close