गण्डकी प्रदेशले जित्यो राइनो संरक्षण गोल्डकपको उपाधि

पोखरा स्पोर्टस । नवलपुरको कोल्हुवामा सम्मपन्न राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा गण्डकी प्रदेशको फुटबल टिमले उपाधि जितेको छ । राईनो संरक्षण गर्ने उद्धेश्यका साथ राईनो क्लब मध्यबिन्दु नवलपुरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार नवलपुरमा सम्पन्न फाइनलमा २८ विगाहामाथि २–१ को जित निकाल्दै गण्डकी प्रदेशले उपाधि उचालेको हो ।

गण्डकीले ४८ औं मिनेटमा मुकुन्द न्युरेको गोलमार्फत खेलमा अग्रता दिलाए । उनले ५६ औं मिनेटमा दोस्रो गोल गर्दै गण्डकीको अग्रता दोब्बर बनाए । २८ विगाहाका एन्जल महर्जनले ७१ औं मिनेटमा गोल फर्काएका थिए ।

उपाधि सहित गण्डकीले ८ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको २८ विगाहाले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल खेलमा म्यान अफ दी म्याच गण्डकीका मुकुन्द न्युरे बने ।

प्रतियोगिताको गण्डकीका आकाश रानाभाट सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा २८ विगाहाका समिर तामाङ र गण्डकी प्रदेशका मुकुन्द न्युरेले संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । उनीहरुले सम्पन्न प्रतियोगितामा ३–३ गोल गरेको म्याच अफिसियल लाल बहादुर महतोले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगिताको विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब सहित १२ टिम सहभागी थिए ।

फुटबल खेल र खेलाडी उत्पादनमा कुनै समय दबदबा रहेको गण्डकीले लामो अन्तराल पछि यो जित हात पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close