एमएम कप राष्ट्रिय यू–१६ क्रिकेट : सुदुर पश्चिम र मधेश प्रदेश उपाधि नजिक

पोखरा स्पोर्टस । मनमोहन मेमोरियल कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगताको फाइनलमा सुदुर पश्चिम र मधेश प्रदेश उपाधि नजिक पुगेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न दुई छुट्टा छुट्टै सेमीफाइनलमा आ–आफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै उनीहरु उपाधि नजिक पुगेका हुन् ।

सुदुर पश्चिमले गण्डकीलाई १०५ रनको विशाल रन स्कोरले पराजित गरेको छ । सुदुर पश्चिमका विशाल विष्टले ५० बलमा १ छक्का र १२ चौकाको मद्धतमा ६६ रनको योगदानमा २०५ रनको स्कोर खडा गर्न सफल भयो । रविन विष्टले टिमका लागि व्यक्तिगत ४९ रन बनाउँदा राजेश ऐरले १२ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २५ रनको योगदान दिए ।

गण्डकीका सोनु यादवले ४ विकेट लिए । प्रकाश खनाल र समिर भुजेलले समान १–१ विकेट लिए पनि अन्य बलर हरु गण्डकीका लागि महङ्गा सावित हुन पुगे ।

यता जवाफी व्याटिङ गरेको गण्डकी १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । गण्डकीका ब्याटर सुदर्शन कोइरालाले २८ र इशान श्रेष्ठले २२ रन बाहेक अन्यले दोहोरो रन छुन सकेनन् । गण्डकीका व्याटरहरुले ८० रन व्यक्तिगत खातामा जोड्दा २१ रन अतिरिक्त पाएको थियो । सुपका निजर ऐरले ४, डम्बर माझीले २ विकेट लिए ।

त्यस्तै दोश्रो सेमीफाइनलमा मधेश प्रदेशका चन्दन रामले २ छक्का र ७ चौकाको मद्धतले ५९ रनको नट आउट पारी खेलेपछि मधेशले बागमती विरुद्ध ५ विकेटले जित हासिल गर्दै फाइनलमा स्थान पक्का गरेको छ । बागमतीले टस जितेर २५ ओभरको खेलमा ८ विकेटको क्षतीमा १२९ रन बनायो । बागमतीमा हिमाल बोहराले ५९ रन बनाए । तर अन्य व्याटरहरुको प्रदर्शन भने निराशजनक रह्यो । खेलमा चन्दन रामले २ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

मधेशले आफ्नो लक्ष्य २३.४ ओभरमा नै भेट्टायो । बागमतीका रोहित ठाकुरले ३ विकेट लिए ।

फाइनल खेल फागुन ७ गते सञ्चालन हुनेछ ।

प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका लिग कम नकआउट अन्तर्गत प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका थिए ।

विजेता टिमले नगद रु. १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले रु. ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close