१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व

महिला हाफ म्याराथनमा सन्तोषीको कोर्स रेकर्ड

पोखरा स्पोर्टस । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन् ।

म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दुरी पार गरी तेस्रो भए । किप्लीगाट १७ औं सस्करणका विजेता थिए । त्यस्तै नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे ।

खुला म्याराथनतर्फ पहिलो भएका जुलियासले नगद रु ५ लाख, दोश्रो भएका इसाक किहाराले नगद ३ लाख, तेश्रो भएका इडविनले नगद २ लाख र चौथो भएका किरण बोगोटीले ३० हजार नगद हात पारे ।

त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् ।

यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने, तेश्रो भएका सन्जिब नेपाली तेश्रो ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे ।

महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी दोश्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेश्रो भएकी छन् ।

५ किछि छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेश्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तेश्रो भइन् ।

५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close