एमएम कप राष्ट्रिय यू–१६ क्रिकेट : सेमीफाइनलमा गण्डकी र सुदुर पश्चिम भिड्ने

पोखरा स्पोर्टस । मनमोहन मेमोरियल कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिता अन्तर्गत समेीफाइलमा गण्डकी र सुदुरपश्चिम तथा बागमती र मधेश प्रदेशका विच हुने भएको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा लिग चरणका खेलहरु सम्पन्न भए संगै सेमीफाइनल भिड्ने टिमको टुङ्गो लागेको हो । शनिबार हुने पहिलो सेमीफाइनलमा घरेलु मैदानमा गण्डकीले सुदुर पश्चिमको सामना गर्नेछ भने दोश्रो खेलमा बागमती र मधेश प्रदेशका बीच हुने गण्डकी प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्कीले जानकारी दिए ।

शुक्रबार सम्पन्न लिग अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदेशलाई २२ रनले पराजित गरेको छ । टस आफ्नो पक्षमा पार्दै पारीको सुरुवात गरेको सुपले निर्धारित २५ ओभरमा ९ विकेटको क्षतीमा १३७ रन बनायो । सुपका ब्याटर निरज ऐरले २ छक्का र ४ चौका प्रहार गर्दै ३७ बलमा ४५ रनको योगदान दिए भने राजेश ऐरले ३१ रन बनाउँदा सचिन साउदले १९ रन बनाए । लुम्बिनीका बलर भुवन शाहीले ४ ओभरको बलिङ स्पेलमा १७ रन खर्चिर्दै ४ विकेट हात पारे । सागर गैरे, किरण जिएम र सुभम खनालले समान १–१ विकेट लिए ।

१३८ रनको विजयी लक्ष्य पछ्याउँदै लुम्बिनी ८ विकेटको क्षतीमा ११५ रन मात्र जोड्न सक्यो । लुम्विनीका रौनक श्रीवास्तावले पारीको सुरुवात गर्दै ४५ रन आफ्नो खातामा लेखाए । कुल ६२ बलको सामना गरेका उनले २ छक्का र ६ चौका प्रहार गरे । सुपले लुम्विनीका दोश्रो र तेश्रो क्रमका ब्याटर स्वस्तिक पराजुली र अजाजुल हकलाई सुपका बलर डम्बर माझीले डक आउट गर्दै पेभिलिएन फर्काए पछि लुम्बिनी दबाबमा परेको थियो । डम्बरले ५ ओभरको बलिङमा २२ रन दिएर ४ विकेट लिए । उनी म्यान अफ दि म्याच समेत् घोषित भए । सुपका लागि सचिन साउदले समेत उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए ।

त्यस्तै सेमीफाइनलमा स्थान बनाउनु अघि मधेश प्रदेशले आयोजक टिम एमएम ११ लाई ८७ रनले पराजित गरेको छ । २ विकेटको क्षतीमा १७७ रन बनाएको मधेश विरुद्ध जवाफी व्याटिङ गर्दै आयोजक टिम ९ विकेटको क्षतीमा ९० रनमात्रै बनाउन सक्यो । उक्त खेलमा मधेशका राहुल हक अन्सारी म्यान अफ दि म्याच घोषित भए । राहुल नटआउट रहँदै ७९ बलमा ८३ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close