कार्की परिवार द्वारा पोखरा म्याराथनलाई नगद सहयोग

पोखरा स्पोर्टस । पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी स्वर्गिय गणेश बहादुर कार्कीका परिवारले पोखरा म्याराथनलाई आर्थिक सहयोग गरेका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा यहि फागुन ५ गते शनिबार आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई स्व. कार्कीका परिवारले नगद सहयोग गरेका हुन् ।

मञ्चको सचिवालयमा स्वर्गिय कार्कीका धर्मपत्नी सिता कार्की, छोराहरु राजेश कार्की र सन्तोष कार्कीले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई नगद ५ हजार सहयोग हस्तान्तरण गरे ।

मञ्चका आजिवन सदस्य समेत रहेका स्वर्गिय कार्कीको साढे २ वर्ष अघि ७६ वर्षको उमेरमा निधन भएको थियो ।

सो अवसरमा पोखरा ३१ बेगनास निवासी स्वर्गिय कार्कीका धर्मपत्नी सिता कार्कीले आफ्नो परिवारको तर्फबाट श्रीमानको सम्झनामा सहयोग गरेको बताउँदै पोखरा म्याराथनको पूर्ण सफलताको कामना समेत् व्यक्त गरिन् ।

सहयोग रकम ग्रहण गर्दै अध्यक्ष पराजुलीले परिवारलाई आभार व्यक्त गर्दै स्वर्गिय कार्की प्रति श्रद्धाञ्जली व्यक्त गरे ।

सो अवसरमा मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका कार्यसमिति सदस्य ओम गुरुङ, वुद्ध गुभाजुलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close