पोखरामा सम्पन्न खुल्ला नेपाल स्नोकर प्रतियोगिताको उपाधि आयुषले जिते

काठमाडौंका वाङचुको हायस्ट ब्रेकको रेकर्ड

पोखरा स्पोर्टस । इटहरीका आयुष गौतमले खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जितेका छन् । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार सम्पन्न भएको फाइनल खेलमा गौतमले काठमाण्डौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् ।

गौतमले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता भएका तामाङले भने ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उक्त प्रतियोगितामा नयाँ रेकर्ड कायम भएको छ । फाइनल खेलमा वाङचु तामाङले १ सय ३२ को टेवल क्लियरेन्स गरी हायस्ट ब्रेक गरी नयाँ रेकर्ड कायम गरेको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताए । यस अघि काठमाडौंका राजन लामाको नाममा १ सय १० को रेकर्ड रहेको थियो । उक्त प्रतियोगिता वेष्टअफ थर्टिनमा भएको हो ।

ईटहरीका २१ बर्षका गौतम काठमाडौंको यस के. कलेजमा ब्याचलर तेश्रो बर्षमा अध्ययनत छन् । २०७९ छोट्तेन स्नुकर क्लवले काठमाडौं बौद्वमा आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा बिजेता गौतमले विगत ८ बर्ष देखि यस खेलमा लागेका हुन् । ५ बर्ष अघि काठमाडौंको साकुरामा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा क्वारफाईनलमा पराजित भएका गौतम कतारमा भएको एसियन च्याम्पियनसिप २०७९, भारतमा भएको यु–१९ स्नोकरमा सहभागी थिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा गणेश जिसी र राजु गुरुङ रहेका थिए भने अन्य निर्णायकमा विश्व कार्की, संगम रसाइली, पारस सुनार र निरज गुरुङ थिए । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको छ भने दोश्रो पुरस्कारको प्रायोजन पोखरा ड्यामसाइडको बि एण्ड बि कम्प्लेक्स (बिक्रम गुरुङ÷बिष्णु गुरुङ) ले गरेका थिए । तेश्रो पुरस्कार प्रायोजन भने ड्यामसाइड निवासी हाल वेलायतमा रहने भएको जिनेश गुरुङ र रत्नचोक निवासी हाल आबुधावीका अमृत गुरुङले गरेका थिए ।

सेमिफाइनलमा पराजित भएका काठमाण्डौंका दुई खेलाडी राजन लामा र रेगन श्रेष्ठलाई ट्रफीको साथमा जनही २०/२० हजार पुरस्कार उपलब्ध गराइएको छ । यही १३ देखि माघ संचालन भएकोे उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताए । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नोकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता भएको अध्यक्ष बि.क.ले जनाए ।

विजयी खेलाडीहरुलाई पोखरा १७ का वडा अध्यक्ष राधिका योगी शाही, कास्की विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाही(दिलीप), खेलकुदकर्मी बिष्णु गुरुङ, जिनेश गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले पोखरा १७ मा खेलकुद, पर्यटन सहित धार्मिक पर्यटनको अथाह सम्भावना भएको वडा भएको दाबी गरिन् । उक्त प्रतियोगिताले पोखरा क्षेत्रको पर्यटनमा टेवा पुगेको उनकोे भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close