राइनो गोल्डकपमा गण्डकीको जित

पोखरा स्पोर्टस । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश फुटबल टिमले पहिलो जित दर्ता गरेको छ ।

कोल्हुवा स्थित राईनो रगंशालामा सम्पन्न प्रतियोगितामा बीएफसी चितवनलाई २–० ले पराजित गर्दै गण्डकीले जित हासिल गरेको हो ।

खेलमा गण्डकीका लागि आकाश थपलिया र प्रशन्न श्रेष्ठले समान १–१ गोलको योगदान दिए । प्रसन्न खेलको म्यान अफ दि म्याच घोषित भए ।

गण्डकीले आफ्नो दोश्रो खेल सोझै क्वाटरफाइनलमा प्रवेश गरेको मछिन्द्र क्लव विरुद्ध खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलको शुभारम्भ गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीले गरेका थिए ।

जित पछि कुरा गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले यहि फागुनको अन्तिम साता सञ्चालन हुने बागमती प्रदेशस्तरीय प्रतियोगितामा गण्डकीको फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरे । उनले भने–“आज गण्डकीले निकै उत्कृष्ट खेल प्रदर्शन गरेको छ । यहि टिम बागमती प्रदेशस्तरीय प्रतियोगितामा सहभागि हुनेछ ।”

राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लब सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close