पौडीका नासिरद्वारा दोहामा नयाँ रेकर्ड कायम

पोखरा स्पोर्टस । नासिर याहा हुसेनले मित्र राष्ट्र कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।

नासिरले ४०० मिटर फ्रिस्टायलमा आफैले जापानको फुकुवाकामा भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेको ४ मिनट ८.२३ सेकेन्ड समयको किर्तिमान २.५८ सेकेन्डले सुधार गर्दै ४ मिनट ५.६५ सेकेन्डको नयाँ किर्तिमान कायम गर्न सफल भएको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा नेपालबाट नासिरका साथै एलेक्जेण्डर गादेगाद शाह, गौरिका सिंह र दुवाना लामाले प्रतिस्पर्धा गरिरहेका छन् । यो च्याम्पियनसिप फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सको छनौट प्रतियोगिता समेत रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close