२३ औं सस्करणमा भाग्यमानी बन्यो आर्मी, आहा ! रारा पोखरा गोल्डकपको जित्यो उपाधि

पोखरा स्पोर्टस । २३ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि विभागिय टोली नेपाल आर्मीको त्रिभुबन आर्मी क्लबले जितेको छ ।

पोखरामा शनिबार भएको फाइनलमा पाँच पटकको उपाधि बिजेता रहेको थ्रिस्टार यूथ क्लबलाई ३–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । यसअघि ४–४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न नसकेको आर्मीको जितमा जिलेस्पी जंङ्ग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले समान १–१ गोल गरे ।

जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । सिद्धान्त चौधरीले कर्नरमा विपक्षीको बक्सको बायाँ साइडमा अनमार्क रहेका जिलेस्पी हेड मार्फत भएको प्रहार सिधै गोलमा परिणत भएको थियो । थ्रीस्टारका किपर अभिषेश बरालले बल रोक्ने कुनै अवसर नै पाएनन् । आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए दोश्रो हाफको अतिरिक्त समयमा बसन्त जिम्बाले तेस्रो गोल गर्दै उपाधि निश्चित बनाए ।

उपाधि जिते संगै आर्मीले नगद रु १२ लाख एक हजारसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टारले नगद रु ६ लाख एक हजार हात पारेको छ ।

को को भए उत्कृष्ट


माघ ९ देखि २० गते सम्म सञ्चालन भएको २३ औं आहा रारा पोखरा गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी आर्मीका बिमल पाण्डे घोषित हुँदै टेल जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।

आर्मीका किपर समित श्रेष्ठ उत्कृष्ट  किपर, आर्मीका विमल पाण्डे उत्कृष्ट डिफेन्डर, आर्मीका जिलेप्सी जङ्ग कार्की उत्कृष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्तामा आर्मीका दिनेश हेन्जन (तीन गोल) र आर्मीका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक तथा थ्रिस्टारका बिबेक पौडेल उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले समान जनही नगद रु २५–२५ हजारका साथमा सहारा युकेले प्रदान गरेको उत्कृष्ट ट्रफी हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close