आहा रारा पोखरा गोल्डकप : थ्रीस्टार र आर्मी इतिहास रच्ने दाउमा दुबै टिम

पोखरा स्पोर्टस । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तका लागि भोलि (शनिबार) थ्रीस्टारले विभागीय क्लब त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । पाँच पटकको आहा गोल्डकप बिजेता थ्रीस्टार र कम्तिमा एक पटक उपाधि उचाल्ने दाउमा रहेको आर्मीका बिच हुने भिडन्तले दर्शकलाई जुरुक्क उचाल्ने छ । फाइनलको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा समेत दुबै टिमका प्रशिक्षक र कप्तानहरुको भनाईले पनि १८ औं संस्करणमा इतिहास रच्न दुबै टिम आतुर देखिएका हुन् ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको फाइनल पूर्व सन्ध्यामा आर्मीका प्रशिक्षक मेघराज केसीले फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरे । उनले आफु प्रशिक्षकको रुपमा रहँदै उपाधिको ह्याट्रिक गर्ने दाउमा रहेको सुनाए । आर्मीलाई उपाधि जिताएर आहा राराको इतिहासमा नाम लेखाउने उनको भनाई थियो ।

आर्मीका कप्तान भरत खवासले फाइनल खेल निकै ‘टफ’ हुनेमा संकेत गर्छन । तर त्यसका लागि आर्मी तयार रहेको बताउँदै आर्मीमा अनुभवी खेलाडीहरुको प्रदर्शनले एक पटक उपाधि उचाल्ने सपना साकार पार्नेमा उनी विश्वस्त छन् ।

त्यस्तै थ्रीस्टारको प्रशिक्षक विक्रम लामाले मैदान भित्र मात्रै नभई मैदान बाहिरको माहोल उत्तिकै खरो हुने बताए । उनले भने–“भोली मैदान भित्र मात्रै होइन मैदान बाहिर पनि उत्तिकै प्रतिस्पर्धा हुनेछ ।” कुनै बेला उनका प्रशिक्षक रहेका मेघराज केसी र आफू विचको प्रतिस्पर्धालाई समेत रोचक रुपमा हेरेको उनको भनाई थियो । उनले भने–“हिजो गुरु (मेघराज)को निर्देशनमा रहेर खेल्ने गरेपनि आज गुरुसँगै प्रतिस्पर्धा गर्न पाउनु भाग्यको कुरा हो ।”

थ्रीस्टारका कप्तान विराज महर्जनले आर्मी बलियो टिम भएको र थ्रीस्टार युवा खेलाडीहरुको टिम भएको सुनाए । उनका अनुसार आर्मीमा टिमको अनुभव भएपनि थ्रीस्टारमा खेलको अनुभव भएका युवाहरु रहेको जनाउँदै आफूहरु पनि इतिहास रच्नेतर्फ उन्मुख भएको जिकिर गरे ।

प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपबिजेताले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी प्रत्येक क्लबलाई खेल खेले वापत प्रि–क्वाटर पुग्ने टिमहरुलाई २०/२० हजार, क्वाटर फाइनल पुग्ने टिमलाई ३०/३० हजार सेमिफाइनल पुग्ने टिमहरुलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक पुर्णबहादुर गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close