ज्योत्स्नीकाको उत्कृष्ट ब्याटिङमा गण्डकी फाइनलमा

पोखरा स्पोर्टस । ज्योत्स्नीका मरासीनीको उत्कृष्ट ब्याटिङमा चितवनमा जारी मैयाँ देवी महिला यू–१९ कप महिला क्रिकेटमा गण्डकी प्रदेश फाइनलमा पुगेको छ ।

बुधबार भएको सेमीफाइनलमा लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खराब रोशनीका कारण घटाइएको १५/१५ ओभरको खेलमा गण्डकीकीले ५ बल बाँकी हुँदै लक्ष्य भेट्टाएको हो । गण्डकीकी ज्योत्स्नीकाले ३६ बलमा ३६ रनको उत्कृष्ट पारी खेल्दै गण्डकीलाई फाइनलमा पुर्याएकी हुन् । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भइन् ।

गण्डकीले टस जितेर ब्याटिङको निम्तो दिएको लुम्बिनीले १५ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । लुम्बिनीका कप्तान आश्मा पुलामी मगरले नट आउट रहँदै ४५ बलमा ४२ रनको योगदान दिइन । अन्य व्याटरले दोहोरो अंक जोड्न नसके पनि गण्डकीले २३ रन अतिरिक्त रन दिएको थियो । गण्डकीका लागि कुशुम गोदारले २ र सिमाना केसीले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको गण्डकीले ३ विकेट गुमाउँदै १४.१ ओभरमा लक्ष्य भेट्टाएको थियो । खेलमा सिमान केसीले १९ र कुशुम गोदारले ७ रनको योगदान दिए पनि लुम्विनीले गण्डकीलाई २२ रन अतिरिक्त रन दिएको थियो । लुम्बिीनीका लागि सुस्मिता भुसाल, सरु तिवारी र दिपा कुंवरले समान १–१ विकेट लिएका थिए ।

प्रतियोगिता नेपाली कााग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघको आयोजनामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close