अफगानिस्तान विरुद्ध जित निकाल्दै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

पोखरा स्पोर्टस । अफगानिस्तान बिरुद्ध कठिन जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा प्रवेश गरेको छ ।

नेपालले अफगानिस्तान विरुद्ध १ विकेटले जित हात पारेको हो । बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह ‘डी’ बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्सको यात्रा तय गरेको छ ।

जितको लागि १४६ रन पछ्याएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गरेको हो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको योगदान दिंदा दीपक बोहराले २७ र आकाश त्रिपाठीले व्यक्तिगत १६ रनको योगदान दिए । सुबास भण्डारीले चौका प्रहरा गर्दै नेपाललाई जित दिलाए ।

सुपर सिक्स समुहमा नेपालसहित पाकिस्तान र न्युजिल्यान्ड रहेका छन् ।

यस अघि अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनमा समेटिएको थियो । अफगानिस्तान विरुद्ध उत्कृष्ट बलिङ गरेका आकाश चन्द एक्लैले ५ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close