एनटी स्ट्राइकले नेपाललाई दियो १७८ रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।  टप इन्ड टी-२० सिरिज अन्तर्गत एनटी स्ट्राइकले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८विकेट गुमाउदै १७७ रन बनाएको हो ।

एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाएका थिए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाएका थिए ।

नेपालले यस खेलमा २४ रन अतिरिक्त दिएको थियो ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र  एक एक विकेट लिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close