स्टेज रेस च्यालेन्जमा मानबहादुर र छोकी बने च्याम्पियन

पोखरा स्पोर्टस । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो १०० माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ ।

गुर्जे भञ्ज्याङमा सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमी दौडमा पुरुषतर्फ मानकुमार रोका मगर र महिलातर्फ छोकी शेर्पा प्रथम भएका छन् । मानबहादुरले ३ घन्टा चार मिनेट ०९ सकेन्डमा दौड पूरा गरे । यसैगरी श्याम मगराती ३ घन्टा १३ मिनेट १३ सकेन्डमा दुरी पार गर्दै दोस्रो र अशोक बराम ३ घन्टा १६ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थानमा रहे ।

महिला तर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी ४ घन्टा ७ मिनेट दुई सकेन्ड समय लगातार च्याम्पियन बनेकी छन् । सो स्पर्धामा फ्लु माउन्ट जोयले ४ घन्टा ३६ मिनेटमा उपविजेता बन्दा जाये फे स्टोरिच ४ घन्टा ५३ मिनेट ८ सेकेण्डमा दुरी पार गरि तेस्रो भइन् ।

विजेताहरुलाई नेपाल ओलम्पिक कमिटीका कर्मचारी निरज श्रेष्ठले पुरस्कार प्रदान गरे । टि–एटले प्रायोजन गरेको खेल समाग्री विजेताहरुलाई पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

सो स्टेज रेस च्यालेन्समा ९७ खेलाडीको सहभागिता रहेको थियो । जसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसियालगायतका ३० जना विदेशी धावकधाविकाको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close