पोखरामा प्याब्सन स्पोर्टस मिट मंसिर २५ गते देखि

पोखरा स्पोर्टस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० कास्कीको आयोजनामा यहि मंसिर २५ गतेबाट ‘प्याब्सन स्पोर्टस मिट’ सुरु हुने भएको छ ।

पोखरा रंगशालामा मंसिर २७ गते सम्म आयोजना हुने उक्त स्पोर्टस मिट कक्षा ९ देखि १२ अध्ययनरत विद्यार्थी विच केन्द्रित रहेको कास्की प्याब्सनले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत छात्र/छात्रा भलिबल, छात्र/छात्रा बास्केटबल र छात्र/छात्रा टेबुल टेनिस हुने स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिएका छन् ।

स्पोर्टस मिट अन्तर्गत छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र÷छात्रा डबल्समा १४/१४ टिमको सहभागिता हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कास्की प्याब्सनका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् । स्पोर्टस मिटले प्लस टु केन्द्रित रहेकोले संस्थागत रुपमा विभिन्न विद्यालयहरु विच आपसी सम्वन्ध बलियो बनाउनुका साथै खेलकुद मार्फत विद्यार्थीहरुलाई शारिरिक र मानशिक रुपमा अन्तर्निहित क्षमता प्रस्फुटन गराउनु रहेको सचिव पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close