प्रथम केपी ओली कप टी २० क्रिकेट : आर्मी र मधेश प्रदेशबीच उपाधि भिडन्त, विजेतालाई ५ लाख

पोखरा स्पोर्टस । प्रथम केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेशबीच हुने भएको छ ।

विहीबार सेमिफाइनलका खेलहरु सकिएसँगै उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल पुग्दासशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश उपाधि भिडन्तका लागि योग्य बनेको हो । फाइनल खेल भोलि शुक्रबार हुनेछ ।

गत मङ्सिर ७ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका थिए । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अनुसार विजेता टीमले नगद पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । यसैगरी, उपविजेता टोलीले २ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ पनि घोषणा गरिनेछ । जसले नगद ३० हजार पुरस्कार पाउनेछ । यस्तै, ‘बेस्ट बलर’ र व्याटरले जनही नगद २०/२० हजार र ‘म्यान अफ द म्याच’ ले नगद पाँच हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोली सहभागी भएका हुन् ।

एकेडेमीका संरक्षकसमेत रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरिएको हो । प्रतियोगिता हरेक वर्ष हरेक प्रदेशमा  निरन्तरता दिने एकेडेमीले तयारी गरिरहेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् । 

आजको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब उपाधि नजिक पुगेको हो ।

बागमती प्रदेश विरुद्ध १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेटको क्षतिमा चुनौती समाप्त गरेको हो ।

दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन बनाउन सक्यो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close