
पोेखरा स्पोर्टस । सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहित सर्पोट नेपाल युकेको टोलीले सहारा एकेडेमीको भ्रमण गरेको छ ।
पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेको टोलीले केही थान फुटबल र स्टेशनरी सामग्री सहयोग गरेको छ । सहारा क्लब पोखराका मानार्थ सदस्यसमेत रहेका सहारा क्लब युकेका संस्थापक अध्यक्ष गुरुङले सहाराको गतिविधिको प्रशंसा गर्दै सहयोग निरन्तर रहने बताए ।

सहारा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, हरिराम गुरुङ (सुरज) लगायतले बोलेका थिए ।
संस्थापक अध्यक्ष गुरुङसहित सर्पोट नेपाल युकेका म्याडलिन स्ल्याबेट, अलेक्जेण्डर गिल, म्यारिन गिल र कारमेन लगायतले एकेडेमी भ्रमण गरेका थिए ।
सहारा क्लबले कठिन तथा विपन्न वर्गका बालकहरुको लागि निःशुल्क शिक्षादीक्षासहित फुटबल सिकाउने गरेको छ ।
