
पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुटबल संघ गण्डकीले जिल्ला मताधिकार प्रनिनिधि छनौट सम्पन्न गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाका लागि संघले जिल्ला मताधिकार प्रनिनिधि छनौट सम्पन्न गरेको हो । सो अन्तर्गत गण्डकी प्रदेशका ६ जिल्ला मताधिकारका लागि छनौट भएका छन् ।

तनहुँस्थित आँबुखैरेनीमा मताधिकार प्रनिनिधि छनौट कार्यक्रममा बिहीबार प्रदेशका ८ मध्ये ६ वटा जिल्लाले मनोनयन दर्ता गराए संगै उनीहरु निर्विरोध निर्वाचित भएको गण्डकी प्रदेश फुटबल संघ अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
एन्फामा ८ जिल्ला आवद्ध रहे पनि ६ जिल्ला मताधिकार प्रनिनिधिका लागि छनौट हुने प्रावधान रहेको अध्यक्ष श्रेष्ठले बताए । छनौटका लागि आवश्यक प्रक्रिया पुरा गरेको संघले ६ जिल्लाले मनोनयनपत्र दाखिला गराएकोले उनीहरु निर्विरोधरुपमा निर्वाचित भई मताधिकार प्रनिनिधि जिल्ला छनौट गरिएको संघले जनाएको छ ।
मताधिकार प्रनिनिधिका लागि छनौट भएका जिल्लाहरुमा तनहुँ, लमजुङ, मनाङ, बागलुङ, स्याङ्जा र नवलुपर रहेका छन् । एन्फामा आबद्ध कास्की र गोरखा भने मताधिकार छनौट कार्यक्रममा सहभागी नभएको अध्यक्ष श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
एन्फाको विशेष साधारणसभा कात्तिक २३ गते हेटौंडामा हुँदै छ ।

