
पोखरा स्पोर्टस । गोरखाको सिरानचोकमा खुल्ला दशैं कप रनिङ फुटबल प्रतियोगिता सुरु भएको छ ।
युनाइटेड क्लवको आयोजना सुरु भएको उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार प्रदेशको खेलकुद विकासका लागि प्रतिवद्ध रहेको जनाए ।

विगत १५ वर्ष देखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको प्रतियोगिताका १९ टिमको सहभागिता रहेको गण्डकी प्रदेश फुटबल संघका सहायक महासचिब सुमन गुरुङले जानकारी दिएका छन् ।
क्लवका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख ५० हजार र उपविजेता टिमले नगद रु ७५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
