१९ औं एसियाली खेलकुद : आर्चरीमा व्यक्तिगत तर्फको स्पर्धामा नेपाल पराजित

पोखरा स्पोर्टस । चिनमा जारी १९ औं एसियाली खेलकुदमा आर्चरीतर्फका दुवै इभेन्टको व्यक्तिगत तर्फको स्पर्धामा नेपाल बाहिरिएको छ ।

सोमबार भएको राउण्ड अफ सिक्सटिनमा नेपाली खेलाडीहरु पराजित हुन पुगेका हुन् । आर्चरीको पुरुष व्यक्तिगत कम्पाउन्डको इलिमिनेसन राउन्डमा नेपालका योगेन्द्र शेरचन ४ अंकले पछि पर्दै बाहिरिएका छन् ।

योगेन्द्र इराकका मोहमम्द इब्राहिम इसक अल दाघमनसंग पराजित हुन पुगे । इसकले १४० अंक प्राप्त गर्दा योगेन्द्र ४ अंकले पछि पर्दै १३६ ले पराजित भए । चौथो राउण्ड सम्म  इरान संग करिव-करिव १११ र ११२ अंकले बरावरी खेलेका योगेन्द्र अन्तिम राउण्डमा ४ अंकले पछि परेका थिए । 

सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितिले नेपालकी इमायुङ राईलाई १४९–१३७ ले हराइन् ।

पुरुष व्यक्तिगत रिकर्भको इलिमिनेसनमा नेपालका तिलक पुनले मिश्रित प्रदर्शन गरेका छन् । तिलक राउन्ड अफ १६ मा दक्षिण कोरियाका जिन्येक ओहसंग ६–० ले पछि परे ।

त्यसअघि राउन्ड अफ ३२ मा तिलकले म्यान्मारका जाउ तेतलाई ७–१ ले हराएका थिए । उक्त स्पर्धाको महिलामा बंगलादेशकी दिया सिद्धिकीले नेपालकी मन्जु बजगाईंलाई ६–० ले पाखा लगाइन् ।

यता मिक्स इभेन्टमा समेत नेपाल दुबै इभेन्टमा चुनौती समाप्त भएको छ । नेपाल पहिलो राउण्डमा नै पराजयको सामना गरेको थियो । पराजय संगै नेपाली आर्चरी टिम घर फर्किने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close