भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम

पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भारोत्तोलनतर्फ नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ । भारोत्तोलनमा सारदा चौधरी पराजित भए संगै नेपाली महिला खेलाडीहरुको चुनौती समाप्त भएको हो ।

भारोत्तोलनअन्तर्गत समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १५८ केजी भार वहन गरिन् । आफ्नो समूहमा सारदा पाँचौं स्थानमा रहिन् ।

स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल भइनन् । सारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । सारदाले क्लिन एन्ड जर्ककै दोश्रो र तेश्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भएन ।

पराजय संगै भारतोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेका थिइन् ।

पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close