१९ औं एसियाली खेलकुद : सातौं दिन पनि नेपालको हारको यात्रा जारी

पोखरा स्पोर्टस ।चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको प्रायः सबै खेलमा हारको यात्रा जारी रहेको छ ।  पुरुष भलिबलबाट सुरु भएको हारको यात्रा अझै टुङ्गिएको भने छैन । केही खेलमा दोश्रो चरणसम्म पुगेको नेपाली खेलकुदको यात्रा १८ औं एसियाड भन्दा नाजुक हुने स्थितीमा उभिएको छ ।

केही खेलमा अफिसियल विवादका स्वरहरु आउन थालेका छन् भने सामाजिक सञ्जालमानै भनाभन सुरु भइसकेको छ । २९ खेलका २५३ खेलाडी सहित भारिभर्कम अफिसियल टोली केही वर्ष अघि मात्रै विकास भएको चिनको हाङझावको रमझममा व्यस्त रहेकै बेला अव हारको जिम्मा कसले लिने भने बारे समेत सामाजिक सञ्जालमा छरपस्ट हुनुले नेपाली खेलकुद कुन अवस्थामा छ भन्ने चित्रित गरेको छ ।

नेपाली हाइपर्फमेन्स टोलीको उट्पट्याङ निर्णयले मुलुकको आर्थिक हिनामिना संगै लज्जास्पद पराजयले नेपाली खेलकुदको असोज ६ गतेबाट औपचारिक उद्घाटनबाट सातौं दिन सम्म कुनै पनि नतिजा हात पर्न सकेको छैन ।

ब्याडमिन्टन
नेपाल जारी १९औं एसियाली खेलकुदमा पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ ।

बिनजियाङ जिम्नाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मंगोलियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइ खानलाई तथा सुनिल जोशीले खुबितुगुल्दर ब्यामभाजभलाई समान २–० को सेटमा हराए । प्रिन्सले २१–८, २१–१४ र सुनिल २१–११, २१–७ ले हराउँदै अग्रता बनाए । तर, विष्णु कटुवालले एकलमा नै सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो ।

विष्णुले उक्त खेल २१–२३, २४–२२, १७–२१ ले गुमाए । यद्यपि, प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० को सेटमा हराउँदै मंगोलियाको योजना सफल हुन दिएनन् । प्रिन्स र विष्णुको जोडीले मंगोलियाको जोडीलाई २१–८, २१–९ ले हराए । महिला टिम ब्याडमिन्टनमा भने माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ । महिला एकलमा रसिला महर्जन माल्दिभ्सकी नभाह माथिमाथ रजाकसँग २४–२१, १९–२१ र २१–१३ ले पराजित भएपछि नेपाली महिला टोली सुरुमा नै पछि प¥यो ।

दोस्रो खेलमा नङ्सल तामाङ पनि नाबिहा अमिनाथसँग २१–१६ र २१–१० ले पराजि भएपछि माल्दिभ्स जित नजिक पुग्यो । महिला एकलको अर्को खेलमा अनुमाया राईले अफनान रसिदलाई २१–९ र २१–११ ले हराउँदै पुनरागमनको संकेत गरिन् । तर, महिला डबल्समा अनुमाया र रसिलाको जोडी माल्दिभ्सकी नभाह र नाबिहाको जोडीसँग २१–१६ र २१–१० ले पराजित भएपछि नेपाली महिला टोली हार बेहो¥यो ।

दोस्रो खेलमा बक्सर रबिन पराजित
हानझाओ, असोज ११– नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।

हानझाओ जिम्नाजियममा भएको बक्सिमा पुरुष ४५–५१ केजी तौलसमूहको अन्तिम १६ को खेलमा थापा उत्तर कोरियाका बक्सर चोनरियोङसँग ५–० ले पराजित भएका हुन् । पहिलो खेलमा इन्डोनेसियाका कोइबानु डियोलाई हराउँदै सुखद सुरुआत गरेका थापाको चुनौती पनि अन्तिम १६ पार गर्न सकेन । जारी एसियाडमा बिहीबारसम्म एक फाइट जित्ने उनी पहिलो बक्सर हुन् । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब दुई खेलाडीले खेल्न बाँकी छ ।

महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्यान्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रबार र सरस्वतीले शनिबार आ–आफ्नो प्रतिस्पर्धा चुनौती प्रस्तुत गर्ने तय छ ।

पुरुष स्क्वास टोली भारतसँग पराजित
हानझाओ, असोज ११– नेपालको पुरुष स्क्वास टोली जारी १९औं एसियाली खेलकुदमा भारतीय टोलीसँग पराजित भएको छ ।

एचओसी स्क्वास कोर्टमा बिहीबा भएको पुरुष टिम गेममा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको हो । सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४ र ११–१ ले हार बेहोरे । अर्को खेलमा अराहन्त केशर सिंहले महेश मान्गोनकरसँग ११–२, ११–३ र ११–३ ले पराजित भएपछि भारतले २–० अग्रता लियो । तेस्रो खेलमा पनि अमिर ब्लोनले हरिन्दर पाल सिंहसँग ११–१, ११–२ र ११–६ ले भएपछि भारतले ३–० को सोझो सेटमा नतिजा आफ्नो बनायो ।

अनुशिया हिटबाटै बाहिरिन्
१९औं एसियाडअन्तर्गत पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । हिट एकमा प्रतिस्पर्धा गरेकी अनुशियाले आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सकिनन् । उनी समग्रमा २६औं स्थानमा रहे ।

टेबल टेनिसमा नविता र सिख्खा पराजित
१९औं एसियाडअन्तर्गत टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित भएका छन् ।

नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित भइन् । मनिकाले नवितालाई ११–५, ११–४, ११–३, ११–२ ले हराइन् । महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित भइन् । मिउ हिरानोले सिक्कालाई ११–५, ११–४, ११–३, ११–२ ले पराजित गरिन् । यस्तै महिला डबल्समा पनि नविता र सिक्काकै जोडी पराजित भए । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४–० ले पराजित भए । उक्त खेल चिनियाँ जोडी ११–३, ११–४, ११–१ ले पराजित भए ।

फेन्सिङ : पुरुष र महिला टिममा पराजित
एसियाडअन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भएको छ । पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित हुँदै बाहिरियो ।

महिला फुटबल : नेपाल र बंगलादेशको बराबरी
हान्झाउ– नेपालले १९औं एसियाडको महिला फुटबलमा बिहीबार बंगलादेशसँग १÷१ को बराबरी खेलेको छ ।

रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो । समूह ‘डी’ को खेलमा बंगलादेशले पहिलो हाफमा अग्रता लिएको थियो । तर, नेपालले अन्तिम समयमा पुनरागमन ग¥यो । सबिना खातुनले ४४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा पछि परेको नेपालका लागि रेखाले ८२औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काइन् ।

नेपाल र बंगलादेशले यस अघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टोली यसअघि जापान र भियतनामसँग पराजित भएकी हुन् । पहिलो खेलमा भियतनामसँग २–० पराजित भएको नेपाल दोस्रो खेलमा पूर्वविश्व विजेता जापानसँग भने ८–० को फराकिलो हार सामना ग¥यो । नेपाली महिला फुटबल टोली पहिलोपटक एसियाडमा सहभागी भएको हो ।

गल्फः पहिला दिन सन्तोसजनक प्रदर्शन
१९औं एसियाडअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोसजनक खेल प्रदर्शन गरेको छ ।

पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी समग्रमा ३१औं स्थानमा छन् । नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाए । सद्भाव समग्रमा ३८औं र सुवास ४७ औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा छन् ।

पुरुषतर्फ पहिलो दिन शीर्ष स्थानमा रहेका कोरियाका जाङ युविनको ११ अन्डर ६१ स्कोर छ । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा छिन् । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा छिन् । महिलातर्फ ३९ खेलाडी सहभागी गल्फमा शीर्ष स्थानका रहेकी जापानकी बाबा साकीको सात अन्डर ६५ स्कोर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close