
पोखरा स्पोर्टस । मनोज घिमिरेले लिखित खेल अन्तर्य बिहीबार सार्वजनिक गरेको छ ।
ब्याडमिन्टन ट्रेनिङ सेन्टरमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले सो अवसरमा बोल्दै खेलकुदका सकारात्मक र नेपालमा रहेको विकृति दुवै पक्षको बारे उजागर पार्नु पर्ने बताए ।
यसै गरी वरिष्ठ पत्रकार गोविन्द लुइँटेलले पुस्तकको बारे प्रकाश पार्दै पुस्तकमा नेपाली खेलकुदमा नेपाली खेलकुदको विकृतिको पक्षमा उल्लेख गरिएको बताउँदै अझ सशक्त लेखनका लागि शुभकामना दिए ।
सो अवसरमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।
पुस्तकमा नेपाली खेलकुदको समालोचना गरिएको छ भने केही अन्तर्राष्ट्रिय खेलकुदका फिचर र नेपाली खेलकुदमा महत्वपूर्ण योगदान भएका तथा सङ्घर्षशील व्यक्तिको बारे उल्लेख गरिएको छ ।
पुस्तकमा नेपाली खेलकुदमा बाहिर छरिएका भ्रम र आन्तरिक यथार्थका बारे उल्लेख गरिएको छ । कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरले विमोचन कार्यक्रमको व्यवस्थापन गरेको थियो । कार्यक्रम फिटनेस पार्क ट्रेनिङ सेन्टरका व्यवस्थापक राम त्रिपाठीको सभापतित्वमा भएको थियो ।