एसियाली ह्याण्डबल महिला : जापान संग ६२–१० ले पराजित

पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला ह्याण्डबलमा नेपाल जापान संग पराजित भएको छ ।

बुधबार भएको खेलमा नेपाल जापान संग ६२–१० गोलले पराजित भएको हो । एसियाली खेलकुदमा डेब्यू गरेको महिला ह्याण्डबलमा पहिलो हाफमा जापानले नेपाल विरुद्ध लगातार ३७ गोल गरेको थियो ।

खेलको दोश्रो हाफमा ३५ गोल गरेको जापानले गोल संख्या ६२ पुर्‍याएको थियो । दोश्रो हाफमा नेपालले १० गोल फर्काउन सफल भयो ।

यस अघि चिन संग नेपाल ५७–१० गोलले पराजित हुन पुगेको थियो ।

नेपालले अब तेश्रोे खेल पर्सि शुक्रबार हङकङ संग खेल्नेछ भने  चौथो खेल आइतबार भारत संग खेल्नेछ ।

नेपाली टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई रहेका छन् ।

त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close