
पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
काठमाण्डौमा शनिबार भएको संघको अघिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । उनको यो दोश्रो कार्यकाल हो ।
यसै गरि क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भए । उनी यसअघि संघको कोषाध्यक्ष थिए ।
संघको कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए ।