लामाचौर कप भलिबल : महिलातर्फ पुलिसलाई उपाधि

पोखरा स्पोर्टस । पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि विभागिय टोली नेपाल पुलिसले जितेको छ ।

सामुदायिक विकास समाजको आयोजनामा सोमबार सम्पन्न फाइनलमा न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गरि उपाधि जितेको हो । प्रतियोगितामा नेपाल पुलिसको महिला टिमका लागि यो लगातार दोश्रो उपाधि समेत् हो । पुलिसले उपाधि संगै नगद १ लाख ५१ हजार १११ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

त्यसै गरि उपविजेता बनेको न्यू डायमण्डले नगद १ लाख १ हजार १ सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक फाइनलमा पहिलो सेट न्यू डायमण्डले २५–१८ ले जित्दै पुलिसलाई दबावमा राख्ने प्रयास गरे पनि अन्तिम तिन सेट पुलिसले डायमण्ड माथि २५—२२,२५—१४ र २५—२० ले जित निकालेको हो ।

सोमबारनै लिग चरणको खेलमा पुलिसले अर्को विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई पराजित गरेको थियो ।

चार टिम सहभागि खेलमा पुलिसले आफ्नो राउण्ड रोविनमा समेत अपराजित यात्रा कायमै राखेको थियो । पुलिसको कुल ३ खेलबाट कुल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो भने डायमण्ड ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुलिस संग फाइनलमा भेट पक्का गरेको थियो ।

एपिएफको चार तथा एभरेष्ट भलिबल क्लब अंकविहिन रहन पुगेको थियो । प्रतियोगितामा चार अंक बटुलेको एपिएफ तेश्रो हुँदै नगद ५० हजार १११ प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा नेपाल पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५ हजार हातपार्न सफल भइन् ।

त्यस्तै प्रतियोगितामा वेष्ट सेटर नेपाल पुलिसकी कमला पुन, वेष्ट सर्भर न्यू डायमण्डकी जेशिका विक, वेष्ट डिफेण्डर पुलिसकी शान्तीकला राई, वेष्ट ब्लकर न्यू डायमण्डकी सुमित्रा रेग्मी, वेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढा मगर र वेष्ट कोच नेपाल पुलिसका रितेश विष्ट हुन सफल भए ।

पुरुषतर्फको फाइनल भोली हुने
पुरुषतर्फ गण्डकी र पुलिसको खेल भने लाइट प्रोटेस्ट (प्रकाशको कमी) का कारण स्थगित भएको छ । खेलको दोस्रो सेट सकिएलगत्तै खेल स्थगित गरिएको हो । पहिलो सेट पुलिसले २५–१९ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । दुवै टोलीले एक÷एक सेट जितेपनि प्रकाश नपुग्ने भएपनि खेल रोकिएको रेफ्री संयोजक टहलसिंह थापाले जानकारी दिए ।

पहिलो सेटमा पुलिसले गण्डकीलाई २५–१५ ले हरायो । दोस्रो सेटमा २५–२३ ले हराएपनि तेस्रो सेटमा गण्डकी खेलमा फर्किएको थियो । तेस्रो सेट गण्डकीले २५–२२ ले आफ्नो पक्षमा पार्‍यो । चौथो सेट २५–१८ ले जित्दै बराबरी सेटमा खेल अघि बढयो अन्तिम सेटमा गण्डकी हाबी हुँदै १५–१० ले जित हासिल गरेको थियो ।

प्रतियोगितामा एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक रह्यो । मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक रह्यो । गलकोट स्पोर्टस क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भयो ।
तस्विरः योगेन्द्र श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close