
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको २०७९/०८० को वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
परिषदकी अध्यक्ष एवं गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले उक्त प्रतिवेदन सार्वजनिक गरेकी हुन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच उनले परिषदको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको परिषदले जनाएको छ ।
खेलकुद ऐनमा भएको व्यवस्था बमोजिम खेलकुद परिषदले मन्त्रालयमा पेश गरेको वार्षिक प्रतिवेदनलाई मन्त्री तथा परिषद अध्यक्ष सिंम्खडामार्फत परिषदका संरक्षक तथा गण्डकी प्रदेशका मुख्यन्त्री सुरेन्द्रराज पाण्डे समक्ष आज नै पेश गरिसकेको सदस्य सचिव शर्माले जानकारी दिए ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, परिषदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
परिषदले आर्थिक वर्ष २०७९/०८० का लागि प्रकाशित प्रतिवेदनमा गत वर्ष सम्पन्न परिषदका गतिविधिहरु, प्रगति, चुनौती, आर्थिक लगायतका विषयबस्तुहरु समेटिएका छन् ।
प्रतिवेदन प्रकाशित गर्न परिषदका सदस्य केशव पाठकको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । जसको सदस्यमा कार्यालय प्रमुख भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल र पत्रकार विजय नेपाल रहेका थिए ।