
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको रिक्त सदस्य पदमा विनय थापा मनोनयन भएका छन् ।
सदस्यमा मनोनयन भएका थापाको शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माले परिषदको सभाकक्षमा उनलाई शपथ ग्रहण गराएका थिए ।
यस अघि परिषदका सदस्य रामचन्द्र थापाले राजिनामा दिए संगै परिषदमा एक पद रिक्त रहेको थियो ।
परिषद सदस्यमा मनोनयन भएका थापा नेपाल वुद्धिचाल संघका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।
शपथ ग्रहण कार्यक्रममा परिषदका सदस्यहरु, कार्यालय प्रमुख तोपलाल भुसाल लगायतको सहभागिता रहेको थियो ।