
पोखरा स्पोर्टस । पोखरामा शुक्रबारबाट सुरु भएको लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा मणिमुकुन्द क्लव बुटवलले गण्डकी विरुद्ध शानदार जित दर्ता गर्दै प्रतियोगितामा पुनरागमन गरेको छ । ।
शुक्रबार नै भएको पहिलो खेलमा गल्कोट स्पोर्टस क्लव विरुद्ध पहिलो खेल जितेको गण्डकी भने दोश्रो खेलमा मणिमुकुन्द विरुद्ध ३–२ ले पराजित हुन पुगेको हो ।
पहिलो सेट २५–२२ ले जितेको गण्डकी दोश्रो र तेश्रो सेट क्रमश २५–२२ र २५–१७ ले मणिमुकुन्दलाई सुम्पन्न पुग्यो । तर चौथो सेट २५–१७ ले जित्दै खेलमा फर्किएको गण्डकीलो अन्तिम तथा पाँचौ सेट १५–१२ ले गुमाउन पुग्यो ।
आज नै सम्पन्न भएको खेलमा मणिमुकुन्द विभागिय टोली नेपाल पुलिस क्लव संग ३–१ ले पराजित भएको थियो । पहिलो सेट २५–१५ ले जितेर पुलिस विरुद्ध शानदार सुरुवात गरेको मणिमुकुन्दले दोश्रो, तेश्रो र चौथो सेट २५–२१, २५–१९ र २५–२२ ले पुलिसलाई सुम्पिन पुगेको थियो । पुलिस विरुद्ध पराय व्यहोरेको मणिमुकुन्द गण्डकी विरुद्धको खेल जित्दै पुनरागमन गरेको छ ।
यसरी नै एक अर्को खेलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवले गल्कोट स्पोर्टस क्लवलाई ३–० को सोझो सेटमा पराजित गरि प्रतियोगितामा विजयी सुरुआत गरेको छ । गल्कोटको यो दोश्रो खेल थियो । पहिलो खेलमा गण्डकी विरुद्धको खेलमा पराजित भएको छ ।
भोली शनिबार दिउसो २ बजे हुने उद्घाटन खेलमा गण्डकीले एपिएफ क्लवको सामना गर्ने छ ।
प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ ।
त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश समान नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने समाजले जनाएको छ ।
फोटो : योगेन्द्र श्रेष्ठ