
पोखरा स्पोर्टस । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुने भएका छन् ।
सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
२०३८ भदौं २९ गते बाबु फत्तबहादर पुन, आमा भीम कुमारी पुनको कोखबाट जन्मिएका भएका पुन दीपेन्द्र पुलिस स्कुल, साँगा काठमाण्डौ, लर्ड बुद्ध एकेडेमी, चक्रपथ, काठमाण्डौ बाट पढाई सके लगतै विगत डेढ दशक भन्दा लामो समय देखि फोटो पत्रकारितामा सक्रिय छन् ।
पुनः हाल नागरिक राष्ट्रिय दैनिक, रिपव्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् भने पोखरा यूनाइटेड दैनिक, अनलाइन खबर डटकम, सिटि पोखरा डटकम लगायतमा काम गर्दै आएका छन् । हाल उनीँ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध छन् ।
सहारा क्लव स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा क्लवले यही भदौं ३० गते एक समारोहका बिच उक्त पुरस्कार पुनलाई अर्पण गर्ने भएको महासचिव अधिकारीले बताए । उक्त पुरस्कारको राषि २५ हजार ५ सय ५५ रहेको छ ।
कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रहँदै आएका एक जना पत्रकारलाई संस्थाले विगतदेखि ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गर्दै आएको छ ।
बृहत सरसफाई कार्यक्रम
यसैबिच क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा यस बर्ष पनि पोखरा बसपार्क क्षेत्रमा बृहत सरसफाई गरेको छ । विहिबार भएको बृहत सरसफाई कार्यक्रमबाट एक गाडी फोहोर संकलन गरिएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दुराम गिरीले सफाईका सामाग्रि क्लवका अध्यक्ष सुरज, कार्यक्रम संयोजक ज्योति के.सी.लगायतलाई हस्तान्तरण गरेका थिए । सफाई अभियानमा पूर्व अध्यक्षहरु, क्लवका पदाधिकारी, सदस्य तथा स्थानिय बासिहरुको सहभागिता रहेको बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए ।
यसैबिच क्लवले शुक्रबार पोखरामा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।