पोखरा महानगर माविस्तरिय ह्याण्डबल प्रतियोगिता असोज पहिलो साता

पोखरा स्पोर्टस । पोखरा महानगर माविस्तरिय (कक्षा १० सम्म) छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता असोजको पहिलो साता हुने भएको छ ।

पोखरा महानगर ह्याण्डबल संघको आयोजनामा हुने उक्त प्रतियोगिता असोज ३ देखि ५ गते सम्म सञ्चालन हुने भएको हो । पोखरा महानगर ह्याण्डबल संघका अध्यक्ष एवं नेपाली राष्ट्रिय टोलीका कप्तान विशाल बस्नेतले प्रतियोगिताका लागि दर्ता प्रक्रिया सुरु भएको जानकारी दिए ।

प्रतियोगिताका लागि एक साता अगावै छात्रतर्फ १३ र छात्रातर्फ ८ टिमले टिम दर्ता गराइसकेका छन् ।

पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा उपाधि बिजेता छात्र/छात्रा टिमले समान नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै उपविजेताले समान नगद रु १० हजार र तेश्रो हुने टिमले नगद रु ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण्पत्र प्राप्त गर्ने अध्यक्ष बस्नेतले पोखरा स्पोर्टसलाई बताए ।

प्रतियोगिताले यूवा खेलाडी उत्पादन संगै ह्याण्डबल खेलको विकासमा सहयोग पुग्ने अध्यक्ष बस्नेतले बताए ।

पोखरा महानगर ह्याण्डबल संघ गठन भए पछिको यो पहिलो प्रतियोगिता समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close