
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का नवनिर्वचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई सोमबार बधाइ दिएका छन् ।
सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नवनिर्वाचित पदाधिकारीलाई भेटी बधाई दिनुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका हुन् ।
भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारण सभा तथा निर्वाचनले २ वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।
साधारण सभाका अवसरमा राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा लामो समयदेखि कार्यरत कृष्णहरि घिमिरेलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो ।