लामाचौर कप भलिबल : गण्डकी र एपिएफ उद्घाटन खेलमा भिड्ने

पोखरा स्पोर्टस । पोखरा १९ लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

खेल तालिका सार्वजनिक भए संगै गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लव भदौ ३० गते हुने प्रतियोगिताको उद्घाटन खेलमा भिड्ने भएका छन् ।

प्रतियोगिताका रेफ्रि संयोजक एवं अन्तर्राष्ट्रिय एभिसी भलिबल रेफ्रि टहल सिंह थापा मगरका अनुसार भदौ २९ गतेबाट सुरु हुने भलिबलमा पुरुषतर्फ पहिलो दिन ५ खेल सञ्चालन हुनेछन् । जस अनुसार पहिलो खेल विहान ७ बजे गण्डकी र गल्कोट स्पोर्टस क्लवका विच हुने छ । गण्डकीले सोही दिन दिउसो १ बजे मणिमुकुन्द संग खेल्नेछ ।

भदौ २९ गते नै नेपाल पुलिस क्लवले पहिलो खेल बिहान ९ बजे मणिमुकुन्द विरुद्ध र दिउसो ३ बजे शसस्त्र प्रहरीको एपिएफ क्लवको सामना गर्नेछ । त्यस्तै एपिएफले बिहान ११ बजे गल्कोट स्पोर्टस संग खेल्ने तय भएको छ ।

महिलातर्फको खेल भने राउण्ड रोविनको आधारमा सञ्चालन हुने छ । महिलातर्फ भने भदौ ३० गतेबाट खेल सुरु हुनेछ ।

खेल तालिका अनुसार न्यू डायमण्डले पहिलो खेल बिहान ७ बजे एभरेष्ट भलिबल क्लव बुटवल विरुद्ध खेल्नेछ भने दोश्रो खेल एभरेष्टले नेपाल पुलिसको सामना गर्नेछ । अन्तिम खेल भने न्यू डायमण्डले शसस्त्र प्रहरीको एपिएफ क्लवका विरुद्ध भिड्ने छन् ।

महिला तथा पुरुषतर्फका सबै फाइनल खेलहरु भदौ ३१ गते सञ्चालन हुनेछन् भने असोज १ गते तेश्रो स्थान र फाइनल खेलहरु हुने रेफ्रि संयोजक थापाले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ ४ टिमको सहभागिता हुने छ । प्रतियोगितामा नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ ।

त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ ।

लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश समान नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने समाजले जनाएको छ ।

पोखरा १९ लामाचौर इन्द्रराज्य लक्ष्मी विद्यालयको प्राङ्डमा आयोजना हुने भलिबल प्रतियोगिताका लागि ४ हजार दर्शक क्षमताको प्यारापिटको निर्माण गरिने सो समितिका संयोजक वुद्धि बहादुर खत्रीले जानकारी दिएका छन् । खेल अवलोकनका लागि पहिलो दिनको रु १ सय, दोश्रो र तेश्रो दिनका खेलहरुको रु २ सय तथा फाइनल खेलका लागि रु ३ सय तोकिएको संयोजक खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close