
पोखरा स्पोर्टस । १९ औं स्वर्गिय इन्द्र बहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा मैत्रय पाठशाला च्याम्पियन भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित उक्त प्रतियोगितामा मैत्रय पाठशाला च्याम्पियन हुँदा प्रगती बोर्डिङ स्कुल उपविजेता र मदर ल्याण्ड माविले तेश्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
पोखरा रंगशालामा शनिवार सम्पन्न प्रतियागितामा कास्की मोर्डनाइज्डका दिप राना र अमर सिंह माविकी रक्षा फगामी राइजिङ प्लेयर घोषित हुँदै माउन्टेन साइकल एक–एक थान प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा मावि कक्षा १० सम्म सम्पन्न प्रतियोगिताको सिंगल्स फाइनल खेल छात्रतर्फ कास्की मोर्डनाइज्डका दिप रानाले २१–८, २१–१६ ले प्रगती माविका पवन गुरुङलाई पराजित गरि विजेता बनेका छन् । त्यसै गरि छात्रतर्फ मैत्रय पाठशालाकी निभाराइले फाइनलमा अमरसिंह माविकी रक्षा फगामीलाई २१–१५, २१–१० ले फाइनलमा हराउँदै विजेता बनिन् ।
त्यसै गरि निम्न माध्यमिक इभेन्टको छात्रतर्फ सिंगल्स फाइनलमा पोखरा पव्लिकका अमृत थापाले पोखरा स्पाइरलका कृष कार्कीलाई १२–२१, २१–१८ र २१–१९ ले पराजित गर्दा छात्रातर्फ मैत्रयकी निभा राईले कास्की मोर्डनाइज्डकी खुसी दाहाललाई २१–२ र २१–३ ले पराजित गरी उपाधि जिते ।
सम्पन्न प्रतियोगिताको प्राइमरी लेभल (कक्षा ५ सम्म)को सिंगल्स फाइनल प्रतिस्पर्धामा मैत्रयका मिजश उदासले माउन्ट अन्नपूर्णका सविन विक्रम पालिखेलाई २१–१७, २१–१८ ले पराजित गरे भने छात्रातर्फ प्रतिभाकी शेरेन प्रधानाङ्गले स्टेप वाई स्टेपकी पुर्णिमा गुरुङलाई २१–१, २१–३ ले हराउँदै उपाधि जितिन् ।
प्रतियोगिता अन्तर्गत नै भएको प्लस टु लेभल छात्र सिंगल्स तर्फ बालप्रभातका सुन्दर बिकले २१–१३, २१–१८ ले शैनिक महाविद्यालयका अंकित घिमिरेलाई फाइनलमा पराजित गरे भने छात्रातर्फ मदर ल्याण्डकी आयुष्मा नेपालले २१–९, २१–८ को सोझो सेटमा विन्द्ययवाशिनी माविकी नमुना खड्का लाई पराजित गर्न सफल भइन् ।
त्यर्स गरि प्लस टु डवल्स छात्रतर्फको फाइनल प्रतिस्पर्धामा अमर सिंह माविको जोडी निश्चल गुरुङ र बसन्त पौडेलको जोडीले २१–१५, २१–१५ ले सगरमाथाको जोडी बिवेक पाइजा र सुजन पौडेलको जोडीलाई पराजित गर्दा छात्रातर्फ मदरल्याण्ड माविका आयुष्मा नेपाल र स्नेहा छिनालको जोडीले २१–२३, २१–१६, २१–१६ ले विन्द्ययवाशिनी माविको जोडीद्वय नमुना खड्का र रेणुका मल्ललाई फाइनलमा पराजित गरे ।
विजेता खेलाडी, तथा विद्यालयलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शुसिल कुमार श्रेष्ठ, संघका सल्लाहकारद्वय बाबुराम पन्त र पुरन कुंवर, सचिव फणिन्द्र प्रसाद तिमिल्सिना, स्व.इन्द्र गुरुङकी धर्मपत्नी जगदेश्वरी गुरुङलगायत उनको परिवारले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा हालै सम्पन्न दक्षिण एसियाली क्षेत्रिय जुनियर ब्याडमिन्टनमा दुई रजत र एक काश्य पदक जित्न सफल खेलाडी दिलासा रानालाई नगद १० हजार सहित सम्मान गरिएको थियो ।
तिन देखि जारि प्रतियोगितामा २८ विद्यालयका १८० जना खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताले पोखरामा ब्याडमिन्टन खेलाडीहरुको उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ ।