नेपाल हक्की संघको अध्यक्षमा अनिल शर्मा र महासचिवमा सूवर्ण श्रेष्ठ निर्वाचित

पोखरा स्पोर्टस । नेपाल हक्की संघको अध्यक्षमा अनिल कुमार शर्मा र महासचिवमा सूवर्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

संघको शनिबार काठमाण्डौमा सम्पन्न दोश्रो अधिवेशनले उनीहरु सहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको चार उपाध्यक्षमा मनिष झा, राजेन्द्र प्रसाद श्रेष्ठ, हिमाल खड्का र भगवती खड्का निर्वाचित भएका छन् ।

त्यसै गरि संघको सचिवमा अशिम शर्मा र कोषाध्यक्षमा रामेश्वर घिमिरे निर्वाचित भए ।

निर्वाचित कार्यसमिति सदस्यमा निजामुद्धिन सिद्धिकी, अन्जु प्रधा श्रेष्ठ, पवन केसी, सावित्री रजाली, मिलन केसी, हित गुरुङ निर्वाचित हुँदा पदेन सदस्यमा विपिन कार्की, जिवनराज तिमिल्सिना र दिपक बहादुर थापा निर्वाचित भएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close