पोखरा महानगर बास्केटबल संघ गठन, अध्यक्षमा सुनार

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न बास्केटबल खेलाडी तथा खेलप्रेमीहरुको भेलाले ‘पोखरा महानगर बास्केटबल संघ’ गठन गरेको छ ।

मनोज गुरुङलाई बिदाई गर्दै संघका पदाधिकारीहरु

भेलाले गणेश सुनारको अध्यक्षतामा ७ सदस्यिय समिति सर्वसम्मत चयन गरेको हो । सर्वसम्मत चयन भएका कार्यसमिति सदस्यहरुमा इन्द्रमान गुरुङ, निवृती शर्मा, विबेक पुन, दलसुर पुन, पिताम्वर थापा र राज गुरुङ रहेका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार स्थानियतहमा अनिवार्य खेल संघ गठन गर्नु पर्ने अनुसार पोखरा महानगरमा संघ गठन गरिएको हो ।

भेलामा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष एवं कास्की बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङ, नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगर खेलकुद समितिका सदस्य भरत बाँनिया, संघका सल्लाहकार नारायण प्रसाद शर्मा, सचिव कृष्ण गुरुङ, एन्फा कास्कीका उपाध्यक्ष विष्णु कुमार गुरुङलगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा कास्की जिल्ला बास्केटबल संघले युके प्रस्थान गर्न लागेका मोनिस गुरुङलाई विदाई गरेको छ । उनी पूर्व खेलाडी तथा संघका सहयोगी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close