
पोखरा स्पोर्टस । ११ औं लिटिल स्टेप यू–१२ ह्याण्डबलको उपाधि छात्रतर्फ पोखरा एकेडेमी र छात्रातर्फ हिमालयन बोर्डिङ स्कुलले जितेको छन् ।
लिटिल स्टेप माविद्वारा आयोजित उक्त प्रतियोगितामा पोखरा एकेडेमीले सिर्जना मावीलाई ७–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरि छात्रातर्फ हिमालयनले गण्डकी वोर्डिङ स्कुललाई ४–२ ले पराजित गर्दै उपाधि जित्न सफल भयो ।
उपाधि विजेता दुवै टोलीले समान नगद रु ८/८ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता सिर्जना र गण्डकीले नगद रु ७/७ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
त्यसै गरि प्रतियोगितामा छात्रतर्फ निलगिरी बोर्डिङ स्कुलले गण्डकी बोर्डिङलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्दा छात्रातर्फ सरस्वती माविले हार्डफोर्ड माविलाई ८–१ गोल अन्तरले पारजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । तेश्रो स्थान प्राप्त गर्ने दुवै टोलीले जनही नगद ६÷६ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा छात्रतर्फ पोखरा एकेडेमीमा सुदिप सिर्पाली र गण्डकी बोर्डिङकी रिशा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरि दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पोखरा एकेडेमीका अशिर गुरुङ १४ गोल र हिमालयनकी सिमाना सुवेदीले १३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पाउन सफल भए । उनीहरुले नगद १/१ हजारका साथमा ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा फेयरप्ले अवार्डको उपाधि छात्रातर्फ लिटिल स्टेपले प्राप्त गर्दा छात्रतर्फ गण्डकी बोर्डिङले प्राप्त गरे ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, जिल्ला शिक्षा समन्वय कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका संस्थापक शेर बहादुर गुरुङ, प्रिन्सिपल पम्फा गुरुङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि फाइनल खेलको शुभारम्भ गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरि नायव महानिरिक्षक वुद्धिराज गुरुङले गरेका थिए । सो अवसरमा उनले विद्यालयले खेलाडी उत्पादनका लागि गरेको कार्यको प्रशंसा गर्दै असल नागरिक उत्पादनमा खेलकुदको महत्व रहेको बताएका थिए ।
पोखरा ८ सिमलचौरमा अवस्थित लिटिलस्टेप माविले ह्याण्डबल खेलको विकासका लागि उक्त प्रतियोगिता २०६९ सालबाट सुरुवात गरेको थियो । प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १३ गरि २८ टिमको सहभागिता रहेको थियो ।