
पोखरा स्पोर्टस/डा.मधुसुधन सुवेदी । पोखरा खेलकुदका लागि समृद्ध इतिहास बोकेको शहर हो । क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स, बक्सिङ, बास्केटबल, ह्याण्डबललगायत विभिन्न खेलकुदमा पोखरेली खेलाडीहरुको उपस्थितीले समेत त्यसलाई दर्शाएको छ । आफ्नो जिवनकालमा लाहुरबाट सिकेर आएको शिपलाई यहाँ तिर्खान व्यस्त छन् अवकाश प्राप्त लाहुरेहरु ।
तर त्यस भन्दा बाहेक शिक्षामार्फत समेत खेलकुदको समृद्धिको सपना कोर्दै छ गण्डकी विश्वविद्यालय । नेपालमा नै पहिलो पटक स्थापित गण्डकी विश्वविद्यालयले खेलकुद विषयको स्नातकतहमा अध्ययन-अध्यापन सुरु गरे पछि खेलकुदको जनशक्ति उत्पादनका लागि महत्वपूर्ण यात्रा सुरु भएको छ । तिन वर्ष अघि सुरु भएको विश्वविद्यालयले विभिन्न शैक्षिक विषय मध्ये खेलकुद विषयलाई महत्वपूर्ण विषयको रुपमा अघि सारेको छ । जसका कारण खेलकुदमा उत्कृष्ट जनशक्ति उत्पादनमा समेत ढोका खुलेको छ ।
अहिले पनि नेपाली खेलकुदमा हेर्ने हो भने धेरै खेलकुदका कार्यालयहरुमा गुणस्तरिय जनशक्ति नहुँदा कार्यसम्पादन भने जस्तो गरि हुन सकेको छैन । केही स्थापित खेल संघहरुले आफ्ना कार्यालयहरु सञ्चालनमा समेत भने जस्तो जनशक्ति नहुँदा समस्या देखिन्छ । नेपाली खेलकुदले एउटा कोर्ष पुरा त गरेको छ तर खेलकुदका लागि आवश्यक शैक्षिक जनशक्तिको उत्पादनमा खासै ध्यान दिएको पाइदैन । जसका कारण कार्यालय सम्पादनमा समस्या भएको छ । नेपालमा व्यावसायिक खेलकुद विकास र व्यवस्थापनमा यसको अभाव खटकिएको छ ।
नेपालको खेलकुदको हालको अवस्थाको विश्लेषण गर्ने हो भने खेलकुद व्यवस्थापन कार्यक्रममा स्नातक तहको अध्ययन आवश्यकतालाई अघि बढाएको छ । यसमा चुनौती र अवसर दुवै छन् । नेपाली खेलकुद आधुनिक खेलकुदको फड्को मार्ने योजना अनुरुप अघि बढिरहेको सन्दर्भमा शिक्षामार्फत खेलकुदको समृद्धिको यात्रा अघि बढ्न सक्छ भन्ने अर्को महत्वपूर्ण विषयलाई विश्वविद्यालयले आत्मसात गरेको छ । विशेषज्ञसहितको जनशक्ति उत्पादनले नेपाली खेलकुदले आधुनिक खेलकुदको जगलाई थप बलियो बनाउने तर्फ विश्वविद्यालयको पहललाई प्रभावकारी बनाउनेतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।
नेपाली खेलकुदको जगलाई बलियो बनाउन विद्यालयबाट यसको सुरुवात अहिलेको प्रमुख आवश्यक्ता हो । ‘एक विद्यालय एक खेल शिक्षक’ लाई राज्यले आत्मसात गर्न सक्यो भने पक्कै पनि नेपाली खेलकुदले नयाँ मार्गचित्र कोर्न सक्छ । त्यस्तो जनशक्ति परिपुर्ती गर्न विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुन आउँछ । अभिभावकले पनि आफ्ना छोरा–छोरीलाई खेलकुद विषय अध्ययन गर्न प्रेरित गर्ने संगै खेलकुद संघहरुले आफ्ना खेलाडीहरुलाई त्यसतर्फ अघि बढ्न प्रेरित गर्न सके नेपाली खेलकुदले नयाँ छलाङ मार्न सक्छ ।
नेपालको परिदृश्यमा खेलकुद सधैं अपार सम्भावना रहेको छ । देशका विभिन्न कुनाबाट प्रतिभाशाली खेलाडीहरू उदाइरहेका छन् । यद्यपि, यसले हालका वर्षहरूमा उचित पूर्वाधारको अभाव, सीमित श्रोत साधन र अपर्याप्त व्यवस्थापन सहित धेरै अवरोधहरूको सामना गरेको छ । खेलकुद पूर्वाधारमा कम लगानी हुनु मुख्य समस्या हो । राज्यले पछिल्लो केही समयमा केही प्रगति गरेको भए पनि धेरै काम गर्न भने बाँकी छ । अन्तर्राष्ट्रियस्तरका रंगशाला र सोही सरहको प्रशिक्षण सुविधाको अभावले खेलाडीहरुको आन्तरिक विकासमा बाधा पुर्याएको छ ।
नेपाली खेलकुदको जगलाई बलियो बनाउन विद्यालयबाट यसको सुरुवात अहिलेको प्रमुख आवश्यक्ता हो । ‘एक विद्यालय एक खेल शिक्षक’ लाई राज्यले आत्मसात गर्न सक्यो भने पक्कै पनि नेपाली खेलकुदले नयाँ मार्गचित्र कोर्न सक्छ । त्यस्तो जनशक्ति परिपुर्ती गर्न विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुन आउँछ । अभिभावकले पनि आफ्ना छोरा–छोरीलाई खेलकुद विषय अध्ययन गर्न प्रेरित गर्ने संगै खेलकुद संघहरुले आफ्ना खेलाडीहरुलाई त्यसतर्फ अघि बढ्न प्रेरित गर्न सके नेपाली खेलकुदले नयाँ छलाङ मार्न सक्छ ।
अहिले पनि नेपाली खेलकुदमा हेर्ने हो भने धेरै खेलकुदका कार्यालयहरुमा गुणस्तरिय जनशक्ति नहुँदा कार्यसम्पादन भने जस्तो गरि हुन सकेको छैन । केही स्थापित खेल संघहरुले आफ्ना कार्यालयहरु सञ्चालनमा समेत भने जस्तो जनशक्ति नहुँदा समस्या देखिन्छ । नेपाली खेलकुदले एउटा कोर्ष पुरा त गरेको छ तर खेलकुदका लागि आवश्यक शैक्षिक जनशक्तिको उत्पादनमा खासै ध्यान दिएको पाइदैन । जसका कारण कार्यालय सम्पादनमा समस्या भएको छ । नेपालमा व्यावसायिक खेलकुद विकास र व्यवस्थापनमा यसको अभाव खटकिएको छ ।
विश्व खेल इतिहासमा धेरै मुलुकहरुले फड्को मारिसक्दा नेपालमा धेरै खेल संस्थाहरु खेलकुद व्यवस्थापनमा सीमित अनुभव भएका स्वयंसेवकहरूद्वारा सञ्चालित छन् । विशेषज्ञताको अभावले अव्यवस्थित र विकासका अवसरहरू गुमेका छन् । खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय उत्कृष्टतामा पुर्याउनको लागि नेपालमा खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रमको खुटकिलो हो । यो विशेष कार्यक्रममार्फत योग्य जनशक्ति उत्पादन गरेर खेलकुद व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन आवश्यक छ भन्ने देखाउँछ । जसले खेलकुद क्षेत्रमा व्यावसायिकता बढाउने छ । उत्पादित जनशक्तिहरुले कुशलतापूर्वक वित्त व्यवस्थापन गर्न, प्रभावकारी व्यवसायिक रणनीति निर्माण गर्न, खेलकुदमा हुने घटनाहरु व्यवस्थापन कार्यान्वयन गर्न, र खेलाडीको विकासमा यथोचित विशेषज्ञता प्राप्त गर्नेछन् ।
गण्डकी विश्वविद्यालयमा अध्ययन अध्यापन हुने स्नातक तहको शिक्षाको मुख्य ध्येय नै खेलकुद विशेषज्ञ उत्पादन गर्नु हो । जसका कारण स्नातक तह उर्तिण गर्ने खेलकुद विशेषज्ञले नेपालभर समसामयिक खेलकुद पूर्वाधारको विकासको पक्षमा वकालत गर्न भूमिका खेल्नेछन । अन्तर्राष्ट्रियस्तरको स्टेडियम, तालिम केन्द्र र खेल एकेडेमीहरूको निर्माण र व्यवस्थापनलाई यसको अध्ययनमा समेटिएको छ । जुन विषय नेपाली खेलकुदमा अभाव छ ।
खेलकुद व्यवस्थापनमा विश्वद्यिालयले अघि बढाएको स्नातक कार्यक्रमले अन्तर्राष्ट्रिय सहयोग, विश्वव्यापी खेल संगठन र विशेषज्ञहरूसँग साझेदारीलाई बढावा दिनेछ । यसले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूमा पहुँच पु¥याउन तथा कार्यान्वयन गर्न, मुलुकको खेलकूदस्तर माथि उठाउँदै समृद्धिको यात्रामा अघि बढाउनेमा दुई मत छैन भने अर्कोतर्फ नेपाली खेलाडीहरूको समग्र प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न तथा उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन सक्षम बनाउँनेछ । जसबाट राष्ट्रको गौरव र पहिचान बढाउन समेत उत्तिकै प्रभावकारी हुने छ ।
(लेखक गण्डकी विश्वविद्यालय उपप्रध्यापक तथा विएसम विषयका कार्यक्रम संयोजक हुनुहुन्छ )।