भलिबल खेलाडीलाई मासिक पारिश्रमिकको सुरुआत

पोखरा स्पोर्टस । स्थापनाको ४७ वर्षपछि नेपाल भलिबल संघले राष्ट्रिय पुरुष/महिला भलिबल टिमका खेलाडीलाई मासिक रुपमा पारिश्रमिक दिने भएको छ ।

राष्ट्रिय पुरुष/महिला टोलीका समान १२–१२ गरी २४ खेलाडीलाई मासिक ५ हजारका दरले पारिश्रमिक दिने मंगलबार आयोजित कार्यक्रममा भलिबल संघले जानकारी गराएको हो ।

अमेरिकामा बसोवास गर्ने पूर्व भलिबल खेलाडीसहित अन्य गरी २४ जनाले सहयोग स्वरुप पठाएको आर्थिक सहयोगबाट खेलाडीलाई पारिश्रमिक प्रदान गरिएको हो ।

सुरुआत स्वरुप भलिबल संघले उक्त कार्यक्रममा खेलाडीलाई सेप्टेम्बरदेखि नोभेम्बरसम्म ३ महिनाको १५ हजारका दरले खेलाडीलाई रकम प्रदान गरियो । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले खेलाडीलाई रकम हस्तान्तरण गरे ।

भलिबल संघका अध्यक्ष चन्दले पारिश्रमिकले निरन्तरता पाउने बताउदै भने– ‘तत्कालका लागि हामीले अमेरिकामा बसोवास गर्ने पूर्व भलिबल खेलाडीलगायत गरी २४ जनाबाट प्राप्त सहयोगबाट खेलाडीलाई मासिक पारिश्रमिक वितरण गर्‍यौ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने छ । सहयोग जुटाएर वा मलगायत पदाधिकारीबाट रकम संकलन गरेर भएपनि हामी यसलाई निरन्तरा दिने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close