घुँडामा चोट बोकेकी भलिबल खेलाडी कृषलालाई आर्थिक सहयोग

पोखरा स्पोर्टस । घुँडामा चोट बोकेकी यूवा भलिबल खेलाडी कृषला बरामलाई भलिबल खेलाडी एवं केही व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

कृषलाको घुँडाको उपाचारको लागि सहयोग गरेको गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसीले जनाएका हुन् । “हामीले कृषलाको उपचारका लागि केही आर्थिक सहयोग जुटाएका थियौं । एक युवा खेलाडी भित्र रहेको अन्र्तनिहित क्षमता खेर नजाओस भन्ने हाम्रो ध्येय हो” उनले भने–“उनको धुँडाको शल्यकृया गर्नुपर्ने र धेरै रकम लाग्ने भएको र घरको स्थिती समेत नाजुक हुँदा सहयोग रकम जुटाएका थियौं ।”

कृषलाको उपचारका लागि नगद रु १५ हजार सहयोग गरेको प्रशिक्षक केसीले बताए । उनको उपचारका लागि गण्डकी प्रदेश भलिबल संघका कार्यसमिति सदस्य राजु केसीले नगद १० हजार र अन्य खेलप्रेमीहरुबाट नगद ५ हजार संकलन गरिएको उनले बताए ।

१७ वर्षकी कृषला पोखरा १८ स्थित शान्ता माविमा अध्ययनरत छिन् । उनी सोही विद्यालयकी खेलाडी समेत हुन् । उनी १३ औं गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका दौरान सेमीफाइनल खेलमा घाइते हुन पुगेकी थिइन । विद्यालयका प्रशिक्षक दिनेश चौधरीका अनुसार क्विक स्पाइक गर्ने क्रममा ल्याण्डिङ गर्दा घाइते भएको उनले बताए ।

घुँडामा चोट बोकेकी कृषलाले सामान्य उपचार पछि करिव चार महिना आराम गर्दा समेत निको नभएको बताउँदै चिकित्सकले शल्यकृया गर्नुपर्ने सल्लाह दिएको उनले बताए ।

घादिङ निलकण्ठ नगरपालिका स्थायी घर भएकी कृषलालले गण्डकी प्रदेश भलिबल टिमबाट लामाचौर कप २०७९, पर्वतमा सम्पन्न सभामुख कप, मुख्यमन्त्री कप भलिबल प्रतियोगिता २०७९, सृजना कप भलिबल प्रतियोगिता, २०७९ मा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा कास्कीलाई प्रथम बनाउन भूमिका खेलेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close