
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)को सातौं महाधिवेशनले अध्यक्षमा प्रविण कुमार कार्की र महासचिवमा घम बहादुर थापा मगरलाई निर्वाचित गरेको छ ।
राती अवेर गरि सम्पन्न अधिवेशनमा अध्यक्षका प्रत्यासी अन्जु राउतलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि कार्की तदर्थ समितिका अध्यक्ष थिए भने राउत महासचिव रहेकी थिइन् ।
अधिवेशनले आगामी चार वर्षका लागि २५ सदस्यिय कार्यसमति निर्वाचित गरेको छ । सम्पन्न अधिवेशनमा बरिष्ठ उपाध्यक्ष बाशुदेव भट्ट र महासचिव घम बहादुर थापा मगर निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको उपाध्यक्षहरुमा रमेश चौधरी, निर बहादुर सारु र उमेश राजथला निर्वाचित भएका छन् । त्यसै गरि सचिवमा अन्जना सिवाकोटी र कोषाध्यक्षमा विक्रम बाठा मगर निर्वाचित भएको महासंघले जनाएको छ ।
यसै गरी कार्यसमितिको सदस्यमा फातेमा बीबीआई, निर्मला गुरुङ, तुलसी थापा मगर, डिला माया गुरुङ, पुजा कुलाल मगर, आकाशचन्द्र घर्ती मगर, राजेन्द्र धिमाल, सुरज ल्वागून, वीर कुँवर, नविन तामाङ, अमृत श्रेष्ठ, सुदीप आचार्य, प्रेम कामु मगर, दिपक बि.के, जितन थापा, विजय पुन मगर र राजन रसाइली निर्वाचित भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का कानुन शाखा प्रमुख नारायण प्रसाद अर्यालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
आइटिएफ नेपालको सातौं अधिवेशन राखेप कानुन विभाग प्रमुख अर्याल र संघ संस्था प्रमुख चन्द्र राईको उपस्थितीमा सम्पन्न भएको थियो ।
यस अघि सो अधिवेशनको उद्घाटन राखेपका उपाध्यक्ष शिव कोइराला ज्वालाले गरेका थिए ।