टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा………..भिड्दै

पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को तयारी पुरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । आयोजकले शनिबार एक पत्रकार भेटघाट मार्फत तयारी पुरा भएको जनाएको छ । सो अवसरमा तयारी बारे जानकारी दिदैं संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले भोली माघ ८ गते आइतबार १ बजे एक भव्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको बताउँदै प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन एलइडी स्क्रिन राखिएको अध्यक्ष शर्माले जानकारी दिए । “हामीले दर्शकहरुलाई सहज ढङ्गबाट खेलको अवलोकन तथा मनोरञ्जन लिन अस्थायी प्यारापिट बनाएका छौं भने वृद्ध–वद्धाहरुको लागि छुट्टै कुर्चीको व्यवस्था समेत गरका छौं ।”

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको तेश्रो सस्करणमा दुई विदेशी क्लवहरुको सहभागिता रहेको छ । महिलालतर्फ केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुषतर्फ सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका रहेका छन् । गण्डकी प्रदेशको टिमलाई शसक्त बनाउन भारतका दुई खेलाडीलाई टिममा समावेश गरिएको छ ।

महिलालतर्फ केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरीको नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने सस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिएका छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै प्रतियोगिताको सस्थाका उपाध्यक्ष केसीको संयोजकत्वमा विभिन्न ११ उपसमिति गठन गरेको छ । प्रतियोगितालाई भव्य संगै मर्यादित रुपमा अघि बढाउन स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीहरुलाई सहयोगको आग्रह गर्दै स्थानिय प्रशासन, उद्योगी, व्यपारी, नागरिक समाज, विभिन्न संघ–संस्था, खेलकुदका संघ–संस्था र स्थानियतहलाई आर्थिक, भौतिक एवम नैतिक सहयोगका लागि समेत आयोजकले आह्वान गरेको छ ।

सुश्री मिडिया प्राली काठमाण्डौको विशेष समन्वय तथा राष्ट्रिय खेलकुद परिषद, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकाको सहयोगमा आयोजना हुने प्रतियोगितालाई नेपाल भलिबल संघले स्विकृती प्रदान गरेको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close