पोखरा स्पोर्टस । हिमालय क्लव पोखरा–१६, बाटुलेचौरको हालै सम्पन्न २२ औं साधारण सभा तथा ११ औं अधिवेसनले मोहनबहादुर थापाको अध्यक्षतामा आगामी तीन बर्षका लागि नयाँ कार्यसमिति गठन गरेको छ । गठित समितिको प्रथम उपाध्यक्षमा सुशील बस्नेत, द्वितिय उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, सचिव प्रकाश थापा, कोषाध्यक्ष शिवराज देवकोटा र सह–सचिव भीमबहादुर गायक रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा चित्रबहादुर थापा, दुर्गा के.सी. थापा, तुलबहादुर बस्नेत, यमबहादुर कार्की, योगेन्द्रबहादुर बस्नेत, लक्ष्मी श्रेष्ठ, कमला बास्तोला, विक्रमबहादुर बस्नेत, राजकुमारी बानियाँ, पोषणबहादुर थापा रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष थापाले क्लवको विधान अनुसार पुष्पराज अधिकारी र लक्ष्मी कुमारी पौडेललाई मनोनित गरेका छन् भने कार्यसमितिले प्रकाश भट्टराई, राजेन्द्रशाही ठकुरी र अनिल बस्नेतलाई मनोनित गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएको छ ।
सभाको उद्घाटन गर्दै प्रदेश नं.४ का प्रदेश प्रमुख बाबुराम कुँवरले समाज परिवर्तनमा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिंदै क्लवले यस क्षेत्रको सामाजिक विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सोही सभामा क्लवका जेष्ठ आजीवन सदस्य प्रेमबहादुर बानियाँ, ऐतिहासिक बाटुलेचौर तीज मेलाका संयोजकहरु कृष्णप्रसाद अधिकारी, शालिग्राम भट्टराई र बेनीबहादुर बस्नेतलाई क्लवले सम्मान समेत गरेको थियो । त्यस्तै गरी खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेका ह्याण्डबलका केन्द्रिय अध्यक्ष तेजबहादुर गुरुङलाई समेत क्लवले सभामा सम्मान गरेको थियो ।
क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ (जीवन) को अध्यक्षतामा सम्पन्न सभामा प्रदेश सदस्यहरु कुमार खड्का, कृष्ण थापा, पुष्पा के.सी. भण्डारी, विन्दुकुमार थापा, क्लवका कोषाध्यक्ष प्रकाश थापा, सचिव मोहनबहादुर थापा लगायतकाले बोलेका थिए । कार्यक्रममा झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरुले मंगल धुन प्रस्तुत गरेका थिए भने गायक रामजी पौडेल र गायिका तुलसा क्षेत्रीले गीत प्रस्तुत गरेका थिए ।
सल्लाहकार समिति गठन
हिमालय क्लवको नव निर्वाचित कार्यसमितिको बैठकले क्लवको क्लवको नयाँ सल्लाहकार समिति गठन गरेको छ । गठित समितिको सदस्यहरुमा ताराप्रसाद तिमिल्सिना, रामबहादुर बानियाँ, राजेन्द्रबहादुर देवकोटा, खिमलाल अधिकारी, कुमार श्रेष्ठ, जीतबहादुर खड्का र मेहरमान थापा रहेका छन् । त्यसैगरी कानूनी सल्लाहकारमा अधिवक्ता दिलबहादुर बस्नेतलाई चयन गरेको छ ।
क्लवले एक कार्यक्रमका विच नव गठित सल्लाहकार समितिका सदस्यहरुलाई क्लवमा स्वागत गरको थियो । स्वागत कार्यक्रममा नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं क्लवका आजीवन सदस्य नरनाथ भट्टराईले सल्लाहकारहरुलाई माला प्रदान गरेका थिए ।