मेरो लक्ष्य नेपालको ‘वि’ टिम उत्पादन गर्ने हो–एन्फा मनार्थ अध्यक्ष घले

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार गरेको निर्णय मानार्थ अध्यक्षमा टासी घलेलाई पुनः फर्काउने गरेको निर्णयका लागि स्वागत गरेका छन ।

करिव एक वर्ष अघि मानार्थ अध्यक्ष घलेले एन्फाको आचरण विरुद्ध अभिव्यक्ति दिएको भन्दै मानार्थ अध्यक्ष पद बाट निष्काशन गरेको एन्फाले पुनः मानार्थ अध्यक्षमा मनोनयन गरेको हो । उनले भने–“हिजोको बैठकमा सबै एन्फाका सदस्य साथीहरुले एकमतका साथ निर्णय गर्नु भएको छ म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।” यसका साथै अदालत र राष्ट्रिय खेलकुद परिषदलाई पनि उनले आभार व्यक्त गरेका छन ।

उक्त निर्णयका विरुद्ध घलेले दिएको मुद्धाको पाटन उच्च अदालतले गत वर्षको पुषमा अघि घलेको पक्षमा सुनुवाई गरेको थियो । ७/८ महिना वितिसक्दा पनि एन्फाले फैसलाको निर्णय कार्यान्वयन नगरे पछि राष्ट्रिय खेलकुद परिषदले समेत निर्णय कार्यान्वयन गर्न एन्फालाई पत्राचार गरेपछि एन्फा वैठकले घलेलाई मानार्थ अध्यक्षमा पुनः ल्याउन वाध्य भएको हो ।

बैठकको निर्णय सार्वजनिक भए संगै मानार्थ अध्यक्ष घलेले यसको स्वागत गरेका छन । उनले भने–“मानार्थ अध्यक्ष भनेको सम्मानित पद हो, सम्मानका लागि दिएको पदका लागि पनि अदालतले मेरो पक्षमा फैसला गरेको थियो ।” “राखेपले पनि निर्णय कार्यान्वयन गर्न दवाव दियो, मलाई फेरि अनुशासन समितीमा कार्वाही गर्न दवाव दिए पनि त्यो पनि काम लागेन,” उनले भने । उनले अहिले सम्म एन्फा अध्यक्ष र कार्य समिती विरुद्ध नवोलेको तर भएका केही निर्णयहरु गलत भएकाले आफुले आवाज उठाएको उनले बताए । उनले भने–“विगतमा केही निर्णयहरुमा एन्फा चुकेको थियो त्यसैमा मैले बोलेको थिए ।”

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल विकासका लागि संगै काम गर्न भनेको समेत उनले सुनाए । “अव मेरो लक्ष्य भनेको नेपालका लागि राम्रो ‘वि’ टिम बनाउने रहेको छ, जति सम्म म एन्फामा हुन्छु, फुटबल बिकासका लागि काम गर्छु,” उनले भने–“यदि मलाई विश्वास गरेर जिम्मेवारी दियो भने महिला पुरुष टिम तयारी का लागि काम गर्नेछु ।” उनले यो विषयमा पहिला पनि जिम्मेवारी मागेको बताउँदै सातै प्रदेशमा वि टिम तयार गर्ने गरि खेलाडी उत्पादनमा काम गर्ने तर्फ आफु अगाडी वढने उनले बताए । “अव पनि खेलाडी उत्पादनमा ध्यान नदिने हो भने दुई वर्ष पछि हामी ंसंग सिनियर खेलाडी पाउन समस्या हुनेछ ।”

अहिले कोभिड १९ का कारण सबै फुटबल प्रशिक्षणहरु बन्द भएकोले पनि समस्य रहेको बताउँदै मानार्थ अध्यक्ष घलेले एन्फा बाट आफुले चाहेको जिम्मेवारी पाउनेमा ढुक्क रहेको बताए । “अव म क्रियाशिल भएर खेलाडी उत्पादनमा लाग्ने छु आशा छ सबै साथीहरुले मलाई जिम्मेवारी दिनुहुनेछ,”उनले भने ।

एन्फा मानार्थ अध्यक्ष घले नेपाल गल्फ संघका अध्यक्ष हुन भने नेपाल ओलम्पिक कमिटीका सदस्य समेत हुन । उनी मनाङ मर्स्याङदी क्लवका पुर्व अध्यक्ष समेत रहेका थिए भने नेपालको आधुनिक फुटबल विकासमा उनको योगदान महत्पुर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close